शनिबार, बैशाख ८, २०८१

एमाले आफ्ना सभासद्लाई दिए संविधान निर्माण सम्बन्धी प्रशिक्षण

uml logo काठमाडौंँ माघ २६, नेकपा एमालेले आफ्ना सभासद्लाई संविधान निर्माण संसदीय अभ्यास, आचरण र प्रक्रिया जस्ता विषयमा आज प्रशिक्षण दिएको छ ।  प्रशिक्षण कार्यक्रममा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङले अघिल्लो संविधानसभाले गरेको काम, तिनको स्वामित्व ग्रहण गर्ने विषय र अबको कार्यदिशा जस्ता विषयमा सभासद्लाई प्रशिक्षण दिनुभएको थियो । त्यस्तै गरि पूर्वसभासद् अग्नि खरेलले संसदीय अभ्यास, विधेयक दर्ता, पारित हुने तरिकाको विधि र प्रक्रिायाका सम्बन्धमा प्रशिक्षण दिनु भएको प्राप्त समाचारमा जनाएको छ ।