शुक्रबार, बैशाख १४, २०८१

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नु नै सहिदहरूप्रतिको वास्तविक सम्मान : अध्यक्ष रेग्मी

 काठमाडौँ माघ १२ , विसं २०५९ माघ १२ गते बिहान मर्निङ्वाकमा रहेका बखत ललितपुरको बागडोलमा विद्रोही पक्षले गोली हानेर हत्या गरेका तत्कालीन सशस्त्र प्रहरी बलका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, उहाँकी धर्मपत्नी नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्य रेग्मीको एघाराँै स्मृतिका अवसरमा आज ललितपुरमा khilarajआयोजित श्रद्धाञ्जलिसभामा बोल्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले छोटो समयमा संविधान लेखेर राजनीतिक स्थायित्व कायम गर्नु नै सहिदहरूप्रतिको वास्तविक सम्मान हुने धारणा अभिव्यक्त गनु भएको छ ।

त्यस्तै नेपालमा विद्यमान सङ्क्रमणकालीन अवस्थाको अन्त्य र स्थायी राजनीतिक प्रणालीको थालनी भएमामात्र वास्तविक रूपमा शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको मान्न सकिनेतर्फ अध्यक्ष रेग्मीले विशेष जोड दिदै मुलुकमा जननिर्वाचित सरकार गठनका साथै संविधानसभाले संविधान निर्माण गर्ने कार्यलाई एकमात्र प्राथमिकता बनाई इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

  कर्यक्रममा द्वन्द्वको समयमा विद्रोही पक्षबाट अत्यन्त पासविक तवरमा मारिएका लम्जुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई मरणोपरान्त प्रदान गरिएको कृष्णमोहन– नुडुप स्मृति शान्ति पुरस्कार उहाँकी धर्मपत्नी इन्दिरा अधिकारी र महिला बेचविखन विरुद्धको अभियानमा क्रियाशील गैरसरकारी संस्था शक्ति नेपालकी संस्थापक चरीमाया तामाङलाई संयुक्त रूपमा प्रदान गनुको अलावा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्गठनमा रहेर उत्कृष्ट कार्य सम्पादन गर्ने तीन जना प्रहरीलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो पुरस्कारको राशि रु १०÷१० हजार नगद र सम्मानपत्र रहेको छ । कार्यक्रममा गृहमन्त्रालयका सचिव जनार्दन नेपाल कृष्ण मोहन–नुडुप स्मृति प्रतिष्ठानका अध्यक्ष गोविन्ददास श्रेष्ठ र सचिव निर्मला प्रधान ,शक्ति नेपालकी अध्यक्ष चरीमाया तामाङ लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।