शुक्रबार, बैशाख १४, २०८१

पाँच वर्षमुनिका ४२ लाखबालबालिकालाई पोलियो थोपा खुवाईंदै

  काठमाडौं माघ ११ ,पोलियो रोग उन्मुलन गर्ने लक्ष्य अनुरुप आज देशभर पाँच वर्षमुनिका ४२ लाख भन्दा बढी बालबालिकालाई पोलियो थोपा खुवाईंदै छ । १५औँ राष्ट्रिय पोलियो खोप अभियानको दोस्रो चरण अन्तर्गत आज ६८ जिल्लामा पोलियो थोपा खुवाउन लागिएको हो । आज छुटेका बालबालिकालाई आइतबार (भोलि) घरमै पुगेर महिला स्वास्थ्य स्वयंसेविकाले पोलियो थोपा खुवाउने छन् । विश्वबाटै १५ वर्षदेखि पोलियो रोगविरुद्धको पोलियो थोपा खुवाउन थालिएको हो ।