शुक्रबार, बैशाख १४, २०८१

माघ १६ देखि १८ गते सम्म विविध कार्यक्रमका साथ सोनाम ल्होछार मनाइने

  काठमाडौँ माघ १०, तामाङ जातिको धार्मिक एवम् साँस्कृतिक पर्व सोनाम ल्होछार ता ल्होछार २८५० बृहत् मूल समारोह संयोजनमा माघ १६ देखि १८ l-77गतेसम्म विविध कार्यक्रमका साथ मनाइने भएको छ । माघ शुक्ल प्रतिपदाका दिन नेपाल लगायत चीन, जापान, कोरिया, मंगोलिया, हङकङ, भियतनाम, लाओस, थाइल्यान्ड, ताइवान र सिङ्गापुरमा पनि चन्द्रमासमा आधारित भई नयाँ वर्षका रुपमा मनाउने गरिएको प्रस्तुत पर्वको क्रममा माघ १७ गते बिहान सयौं सम्वद्ध तामाङ सङ्घसंस्थाहरुको सहकायमा साँस्कृतिक -यालीले नगरका विभिन्न भागको परिक्रमा गरी खुल्लामञ्चमा ल्होछार विशेष समारोह तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको छ ।

ल्होछारको अर्थ नयाँ वर्ष हो । तामाङ परम्पराअनुसार ल्हो (वर्ग) १२ वटा हुन्छन, जुन पशुपन्छीको नामबाट जानिन्छ । प्रत्येक वर्ष एक वटा ल्हो फेरिन्छ र ल्हो फेरिने दिनलाई तामाङ भाषामा ल्होछार भनिने जानकारी आयोजित पत्रकार सम्मेलनमा दिइएको थियो ।