शुक्रबार, बैशाख १४, २०८१

आजबाट कडा सुरक्षाघेरा भित्र एसएलसीको प्रश्नपत्रको छपाई सुरु

  भक्तपुर माघ १० ,आगामी चैत ६ गतेदेखि सुरु एसएलसी परीक्षाको प्रश्नपत्रको छपाई कार्य जनक शिक्षा सामग्री केन्द्रले आजबाट सुरु गरिएको छ । सुरक्षाका slc-queदृष्टिकोणले अति संवेदनशील मानिएको प्रश्नपत्र छपाइमा नेपाली सेनाका २५, सशस्त्र प्रहरीका ३० र नेपाल प्रहरीका १५ जना गरी ७० जना सुरक्षाकर्मीको सुरक्षा घेराभित्र आठ विषयको प्रश्नपत्रको छपाइ सुरु भएको केन्द्रले जनाएको छ ।

त्यस्तै यस वर्षको परीक्षामा करिव ५ लाख परीक्षार्थीको सहभागिता रहने परीक्षा नियन्त्रण कायालयले प्रश्नपत्र छाप्ने कार्य नसकिएसम्म केन्द्रका कर्मचारी र परीक्षा नियन्त्रण कार्यालयका आधिकारिक व्यक्तिबाहेक अरूलाई पनि प्रवेश निषेध गरिएको जनाएको छ ।