बिहिबार, चैत्र १५, २०८०

नेपाली चलचित्र गुणात्मक प्रवद्र्धनकालागि कामना फिल्म पुरस्कार

काठमाडौँ माघ १०, कामना न्युज पब्लिकेसन्स प्रालिद्वारा कामना फिल्म पुरस्कार’ स्थापना गरेको छ । सो पब्लिकेसन्सद्दारा प्रकाशित सिने मासिक कामनाले नेपाली चलचित्र क्षेत्रको उत्थान र विस्तारका लागि पहिलो पटक सिजी इन्टरटेन्मेन्टको सहकार्यमा प्रस्तुत पुरस्कारको स्थापना गरेको हो ।

puskarlal स्थापित पुरस्कार सम्बन्धी जानकारी दिने लक्ष्य सहित पब्लिकेसन्सले आज आयोजित पत्रकार सम्मेलनमा कामना सिने पत्रिका तथा नेपाल समाचार पत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले नेपाली चलचित्र जगत्को गुणात्मक विकास तथा अन्तर्राष्ट्रियरूपमा चलचित्रकर्मीको ख्याति वृद्धि गर्ने उद्देश्यले उक्त पुरस्कार स्थापना गरिएको बताउँदै कामना फिल्म पुरस्कारलाई प्रतिस्पर्धाका आधारमा मुख्य पुरस्कार, प्राविधिक पुरस्कार र अप्रतिस्पर्धीरूपमा सम्मान, क्रिटिक्स र जुरी अवार्ड गरी पाँच भागमा विभाजन गरी पुरस्कार प्रदान गरिने जनाएको जानकारी दिनु भएको छ । त्यस्तै विसं २०७० वैशाख १ गतेदेखि चैत मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली चलचित्रलाई सामेल गरी आगामी वर्षदेखि ती पुरस्कार दिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।