शुक्रबार, बैशाख १४, २०८१

बाघको छालासहित पाँचजना पक्राउ

tiger-photo
फाइल फोटो

काठमाडौं माघ १७, महानगरीय प्रहरी परिसर काठमाडाँैले महाङ्काल गाविस वडा नं ९ मन्डिखाटारमा बाघको पूरै शरीरको छाला एक र चार थान दाह्रा  बिक्री वितरण गर्ने उद्देश्यले मोलमोेलाई गरिरहेको अवस्थामा बिहीबार साँझ बाघको पूरै शरीरको अवैध छालासहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटका विजय थापा, इलामका धनबहादुर मोक्तान, काठमाडौँका अशेष भट्टराई, पाँचथरका जयप्रसाद रिजाल र पाँचथरकै तेजबहादुर लावती रहेको प्रहरीेले जनाएको छ ।  अभियुक्तलाई वन्यजन्तु तथा संरक्षण ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।