शुक्रबार, बैशाख १४, २०८१

पूर्वप्रधानन्यायाधीश उपाध्यायको निधनमा शोक मनाउन आइतबार न्यायालय बिदा

  काठमाडौँ माघ १७ , पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधनमा शोक मनाउन आईतवार सबै तहका न्यायालय बन्द हुने भएको छ । Bishwanath_ सर्वोच्चका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको अध्यक्षतामा आज बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले आइतबार नेपालभरका सबै अदालत, विशेष अदालत र न्यायाधीकरणमा बिदा दिने निर्णय गरेको बैठक पछि जारी विज्ञप्तिमा जनाएको छ । 

adalatत्यस्तै विज्ञप्तिमा विसं २०४८ देखि २०५२ सम्म प्रधान न्यायाधीश रहनुभएका उपाध्यायको निधनबाट राष्ट्रले सच्चा राष्ट्रप्रेमी र प्रजातन्त्रप्रेमी व्यक्तित्व गुमाउनुपरेकामा चिन्ता व्यक्त गर्दै कानुनी मस्यौदामा सिद्धहस्त, संवैधानिक कानुनका विज्ञ, निर्भीक, कर्तव्यनिष्ठ, अनुभवी न्यायिक व्यक्तित्व, मिलनसार र कर्तव्यनिष्ठ व्यक्तित्वका रूपमा परिचित उपाध्यायले स्वतन्त्र न्यायपालिका र कानुनी राज्य स्थापनामा उहाँले पु-याएको योगदान सदा स्मरणीय रहने जनाएको छ ।

उपाध्यायको निधनप्रति काँग्रेसद्वारा समवेदना व्यक्त 

यसैवीच  नेपाली काँग्रेसले पूर्व प्रधानन्यायाधीश एवम् २०४७ सालको संविधान सुझाव आयोगका अध्यक्ष विश्वनाथ उपाध्यायको निधनमा दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । पार्टी सभापति सुशील कोइरालाद्वारा आज जारी समवेदनामा आफ्नो व्यावसायिक निष्ठा, पदीय आचरण, कर्तव्य र जिम्मेवारीप्रति प्रतिबद्ध उपाध्यायको निधन मुलुकका निम्ति अपूरणीय क्षति भएको उल्लेख गरिएको छ । सन्देशमा उहाँले २०४६ सालको जनआन्दोलनको भावनाअनुरूपको नेपाल अधिराज्यको संविधान २०४७, निर्धारित समयमा बनाउन उपाध्यायको ठूलो योगदान रहेको उल्लेख गर्नुभएको छ ।

दोस्रो जनआन्दोलनको भावनाअनुरूप दोस्रो संविधानसभाबाट संविधान बनाउने कार्यको थालनी भएको समयमा स्वर्गीय उपाध्यायको कुशल नेतृत्व र व्यवहारबाट सबै राजनीतिक दलहरूले यथेष्ठ शिक्षा लिन आवश्यक भएको उल्लेख गर्दै सभापति कोइरालाले राजनीतिक र न्यायिक इतिहासमा उहाँको स्थान सदासर्बदा उच्च रहने विश्वास व्यक्त गर्नुभएको छ ।