शुक्रबार, बैशाख १४, २०८१

पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफको उपचार विदेशमा गराउन अदालतद्दारा अस्विकार

 एजेन्सी माघ १७ , देशद्रोहको मुद्दा खेपिरहेका पाकिस्तानका सैनिक शासक पर्वेज मुसर्रफमाथि देशद्रोहको मुद्दामा सुनुवाइ चल्दै गरेकोले स्वास्थ्योपचारका 348लागि विदेश पठाउन गरिरहेको अदालतले अस्वीकार गरेको छ । सत्तरी वर्षीय पूर्व राष्ट्रपतिको स्वास्थ्यमा समस्याका कारण उहाँका कानुन व्यवसायीहरूले विशेषज्ञबाट उपचारका लागि विदेश लैजानु आवश्यक रहेको दाबी गर्दै अदालतमा गरेको अपिल लाइ अस्विकार गरेको हो ।

पूर्व राष्ट्रपति मुसर्रफको रावलपिन्डी स्थित हाल सैनिक अस्पतालमा उपचार भईरहेको छ ।  सुरक्षा तथा स्वास्थ्यका कारण अदालतमा उपस्थित हुननसेका पूर्व राष्ट्रपति मुसर्रफलाई  फेब्रुअरी महिनामा हुने सुनुवाइमा अदालतमा उपस्थित हुन आदेश दिइएको छ