शुक्रबार, चैत्र १६, २०८०

विपक्षी दलकी नेत्री खालिदा जियाले बङ्गलादेशमा गरे नयाँ निर्वाचनको माग

 ढाका एजेन्सी १६, बङ्गलादेशमा त्यहाँका विपक्षीहरूले पुनः अर्को निर्वाचनको माग गरेका छन् । विपक्षी दलकी नेत्री खालिदा जियाले त्यहाँ नयाँ निर्वाचनको khalida_zia_ap_gharमाग गर्नुभएको हो ।  निर्वाचनको महिनादिन भन्दा पनि लामो समय पछि त्यहाँका विपक्षीहरूले पुनः अर्को निर्वाचनको माग गरेका छन् । विपक्षीहरूले यसअघिको निर्वाचनमा सरकारले धाँधली गरेकाले सो निर्वाचनलाई आफूहरूले मान्यता नदिने बताएका छन् ।

उहाँको दलले यसै महिना भएको निर्वाचनको बहिस्कार गरेको थियो । उहाँल आफ्ना समर्थकहरूलाई राजधानी ढाकामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सो भनाइ राख्नुभएको हो ।