शनिबार, बैशाख १५, २०८१

अवकासपछिको पेन्सन रकमको भुक्तानी अबदेखि बैंक खातामार्फत

 काठमाडौँ पौष २८, सरकारी जागीरे जीवनमा अवकास प्राप्त पछि पाउने निवृृत्तिभरणको भुक्तानी (पेन्सन) पाउन निकै झमेला व्यहोर्दै आएका राष्ट्रसेवकले अबदेखि त्यस्तो झमेलाबाट मुक्ति पाउँने भएका छन । महालेखा नियन्त्रण कार्यालय, निवृत्तिभरण व्यवस्थापन कार्यालयको संयुक्त पहलमा सुरुगरिएको बैंक खातामार्फत निवृत्तिभरण भुक्तानी व्यवस्थापनसम्बन्धी नयाँ प्रणालीको आज राजधानीमा एक कार्यक्रमका बीच उद्घाटन गर्दै मुख्यसचिव लीलामणि पौडेलले यस व्यवस्थाबाट सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीलाई आफ्नो रकम भुक्तानी पाउन सहज हुने बताउँनु भएको छ ।

यसअघि पेन्सन भुक्तानीको झमेलापूर्ण प्रक्रियाको सामना गर्दै आईरहेका सेवा निवृत कर्मचारीहरुलाई राज्यले सरकारी स्वामित्वका दुई नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकमार्फत निवृत्तिभरणको रकम भुक्तानी उपलब्ध गराउने व्यवस्था मिलाएपछि अवकास प्राप्त राष्ट्रसेवकले सहज रुपमा रकम भुक्तानी पाउने भएको हो । त्यस्तै प्रस्तुत व्यवस्था अनुरुप निवृत्तिभरणका लागि बैंकमा शून्य मौज्दातमा छुट्टै बचत खाता खोलिनेछ । सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीलाई अनिवार्य रूपमा खाता खोल्न लगाई उसको रकम खातामा जम्मा गरिनेछ । उनीहरूले चाहेको बेला चेक, एटिएममार्फत बिना झन्झट रकम झिक्न पाउनेछन् भने खातामा रहेको मौज्दात रकममा बैंकले अन्य बचत खाताका निक्षेपकर्ता सरह ब्याज पनि उपलब्ध गराउनुको अलावा प्रत्येक महिनाको पहिलो हप्ताभित्र बैंकले अवकाश प्राप्त कर्मचारीको निवृत्तिभरण खातामा सो महिनाको निवृत्तिभरण रकम जम्मा गरिने बताइएको छ ।