शुक्रबार, चैत्र १६, २०८०

परिवर्तनको नाममा इतिहासलाई भुल्नु हुँदैन: नेता केसी

 त्रिशूली पौष २८, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले परिवर्तनको नाममा इतिहासको एकताको पक्षलाई कदापी बिर्सन नहुने बताउँनु भएको छ । शनिवार पृथ्वी ankcस्मारक संरक्षण समितिको आयोजनामा विदुर – ७ देवीघाटमा आयोजित २९२ औं पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसमा अवसरमा आयोजित कार्यक्रममा नेता केसीले दुई ठूला देशबाट नेपाललाई स्वतन्त्र राख्नका लागि पृथ्वीनारायणले दिएको योगदान र आफ्नो संस्कृति, परम्परा, संस्कार, मान्यता इतिहासलाई बेवास्ता गरेर देश परिवर्तन हुन नसक्ने बताउँदै पृथ्वीनारायण शाहको योगदानलाई भुल्न नहुँने बताउँनु भएको हो । 

 गोविन्दलाल चित्रकारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित सभासद् जगदीश्वरनरसिंह केसी, समितिका सदस्य रामकृष्ण भट्ट, जयराम दाहाल लगायतका वक्ताहरुले पृथ्वीनारायण र नेपाल एकीकरणको चर्चा गर्नुभएको थियो ।