शनिबार, बैशाख ८, २०८१

संविधानसभालाई पूर्णता दिएरमात्र बैठक आह्वान गर्नुपर्ने भन्दै सर्वोच्चमा रिट दर्ता

 काठमाडौँ पौष २८, शनिवार मन्त्रीपरिषदका अध्यक्ष खिलाराज रेग्मीले आगामी माघ ८ गतेका लागि संविधानसभाको पहिलो बैठकआव्हान गर्नु भएको विधि र प्रक्रिया गलत रहेको जिकिर सहित संविधानसभामा २६ सदस्य मनोनयन गरेर मात्र बैठक आह्वान गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

suprim-cort1अधिवक्ता सल्लु तिवारीले दायर गरेको निवेदनमा संविधानको धारा ६३(क), (ख) र ९ग०मा उल्लेख भएबमोजिम निर्वाचित, समानुपातिक र मनोनीत सदस्य गरी ६०१ जनाको संविधानसभालाई पूर्णता दिएर मात्र प्रधानमन्त्रीले बैठक आह्वान गर्नुपर्ने उल्लेख रहेको र त्यस्तै धारा ६३ बमोजिम संविधानसभाले पूर्णता नपाई बैठक आह्वान गर्ने धारा ६९ सक्रिय हुन नसक्ने भएकाले उल्लेखित व्यहोरा र भावनाविपरीत बैठक आह्वान गर्दा जनताको मौलिक हकमा समेत आघात पर्ने र विधिशास्त्र विपरीत हुने धारा ६३ लाई सक्रिय गराएर मात्र धारा ६९लाई क्रियाशील गराउनका लागि रिट निवेदनमा परमादेशलगायत आदेश जारी गर्न माग गरिएको छ ।