शुक्रबार, बैशाख १४, २०८१

भक्तपुरलाई पूर्ण साक्षर बनाउन तीन महिने अभियानमा सुरु


bhaktapurभक्तपुर पौष १२,
भक्तपुर जिल्लालाई पूर्ण साक्षर बनाउने अभियानअन्तर्गत जिल्ला शिक्षा कार्यालयले सुरुमा प्रत्येक कर्मचारीको परिवारलाई पूर्ण साक्षर घरपरिवार घोषणा गर्ने भएको छ । जिल्लालाई यसै वर्ष पूर्ण साक्षरता जिल्ला घोषणा गर्न आगामी फागुनभित्र जिल्लामा रहेका सबै कर्मचारीका घरपरिवारमा रहेका निरक्षरलाई साक्षर बनाउनैपर्ने निर्णय भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

त्यस्तै जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लाका आठ गाविसलाई पनि पूर्ण साक्षर गाविस घोषणा गर्नका लागि अन्तिम अनुगमन भइरहेको बताउँदै कुल साक्षरता ९३ प्रतिशत पुगेको भक्तपुरलाई यसै वर्ष पूर्ण साक्षरता जिल्ला घोषणा गर्ने तयारी रहेको बताईएको छ ।