बिहिबार, चैत्र १५, २०८०

समाजको रुपान्तरणका लागि शिक्षा प्रमुख साधन :अध्यक्ष रेग्मी

 कीर्तिपुर पौष १२ मन्त्रिपरिषद्का अध्यक्ष एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति खिलराज रेग्मीले त्रिभुवन विश्वविद्यालयको उनान्चालिसौँ दीक्षान्त समारोहलाई आज khilraj- सम्बोधन गर्दै समाजको अग्रगामी रुपान्तरणका लागि शिक्षा प्रमुख साधन भएको बताउनुभएको छ । त्यस्तै उहाँले  लामो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयबाट उत्पादित जनशक्तिले हालसम्म स्वदेश र विदेशका महत्वपूर्ण क्षेत्रहरूमा योगदान गरिसकेको चर्चा गर्दै आगामी दिनमा पनि विश्वविद्यालयबाट क्षमतावान् र ऊर्जाशील जनशक्ति उत्पादन गर्ने आशा गरिएको बताउनुभयो ।

दीक्षान्त समारोहका हर्का वक्ता शिक्षामन्त्री माधवप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शैक्षिक पहिचान भएको बताउनुभयो । त्यस्तै गरि विश्वविद्यालयका उपकुलपति प्रा. डा. हीराबहादुर महर्जनले ३९ औँ दीक्षान्त समारोहमा त्रिविका ६० आङ्गिक क्याम्पस तथा ९०० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसका ५४ हजार ७७५ विद्यार्थी दीक्षित हुन योग्य भएकामा प्रत्यक्ष रुपमा आज ६ हजार ७२२ जना विद्यार्थी दीक्षित भएको बताए।