शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसले प्रत्यक्षमा १२५ बढी सीट जीत्छ र संविधान निर्माणको नेतृत्व पनि लिन्छ:उपसभापति रामचन्द्र पौडेल

 काठमाडौं कार्तिक् १०, राजनीतिक दल घोषणापत्र जारी गरेर आगामी संविधानसभा निर्वाचनका लागि जनताको घरदैलोमा पुगेर मतमाग्ने अभियानमा व्यस्त छन् । संविधान, शान्ति र विकासका लागि जनताको घरदैलोमा पुगेर दलका नेता तथा उम्मेदवार मत माग्दैछन् । संविधान बनाउन आ–आफ्नो दललाई बहुमत दिलाउन जनतासमक्ष आग्रह गरिरहेको प्रमुख दल आफूले नै बहुमत ल्याउने दाबी गरिहेको बेला नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल भने देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान काँग्रेसले निर्माण गरिछाड्ने दृढता व्यक्त गर्नुहुन्छ । “संविधान बनाउने नेतृत्व काँग्रेसले गर्छ । संविधानसभा निर्वाचनमा जनताले काँग्रेसलाई बहुमत दिनुप-यो, संविधान बनाउन र विकास अघि बढाउन”–उपसभापति पौडेलले भन्नुभयो ।

  • मुलुक पूरै चुनावमा होमिएको छ । काँग्रेसको पक्षमा देशमा कस्तो जनमत र लहर देखिएको छ रु काँग्रेसले संविधानसभाको चुनावमा जित्ने आधार के हो ?

 नेपाली काँग्रेसले नेपालको राजनीतिमा विशेष गरी लोकतन्त्र, जनताको अधिकार र जनतालाई पूर्ण नागरिक अधिकार दिलाएर देशको विकास गर्न निरन्तर इमान्दारीपूर्वक ढङ्गले काम गर्दै आयो । धेरै लामा, झुक्याउने र नक्कली कुरा नगरीकन सहज ढङ्गले मुलुकलाई आधुनिकीरण, लोकतान्त्रिकीकरणमार्फत देशको विकास गरेर गरिबी बेरोजगारी हटाउने इमान्दार प्रयास गरेको जनताले देखेको छ । काँग्रेस कुराभन्दा काम गर्ने तथा बनावटी र नटिक्ने कुरा गर्दैन भन्ने जनतामा छ । काँग्रेसले जे बोल्छ त्यही गर्छ जे गर्दैछ त्यही भन्छ भन्ने जनतामा विश्वास परेको छ । राष्ट्रियता, लोकतन्त्र, जनताको अधिकारका लागि मात्र नभई देशको विकास र समस्याको निकास काँग्रेसले खोज्ने हुनाले परिपक्व र जिम्मेवार पार्टीको रूपमा काँग्रेसलाई मत दिदा यसले मतको दुरुपयोग गर्दैन भन्ने छ ।

अरूले जिम्मेवारी लिदा काम गर्दारहेनछन्, काँग्रेसले जिम्मेवारी लिदा २०४७ को संविधान र विगतमा अन्तरिम संविधान बनायो । स्थानीय निकायको ऐन बनाएर पनि निर्वाचन ग-यो । तर जनताले देखे कि चार वर्षमा चारचारवटा कम्युनिष्ट प्रधानमन्त्री बन्दा पनि संविधान बन्न सकेन देशमा विकासको कुनै जग बसेन । यही कुरा जनताले राम्रोसँग हेरे । बरु काँग्रेसले ग्रामीण क्षेत्रलगायत देशको विकासका लागि विगतमा सघन ढङ्गले काम गरेकाले यसप्रति विश्वास र भरोसा पैदा भएकाले अरू पार्टी छोडेर अहिले काँग्रेस प्रवेशको लहर आइरहेको छ ।

  • आगामी संविधान सभा निर्वाचनमा काँग्रेसले कति सीट जित्छ ?

   काँग्रेसले यसपालि बहुमत सिट जित्ने विश्वास लिएका छौँ । संविधानसभामा हामी बुहमतमा पुग्छौ । हाम्रो बहुमत भयो भने यो देश र जनताको हित गर्ने संविधान बनाउँछौं । अरू जोसुकै पार्टीले जतिसुकै सिट ल्याउँछौँ भने पनि काँग्रेसले भने प्रत्यक्षतर्फ यसपटक सवा सय सिट जित्छ ।

  • चार वर्षमा संविधान बन्न सकेन अब संविधान बन्छ भनेर जनताले कसरी विश्वास गर्ने ?

 पहिलो संविधानसभामा माओवादीसँग ठूलो सङ्ख्या भयो । उनीहरूले जस्तोपायो उस्तै लोकतन्त्रलाई हत्या गर्ने संविधान बनाउन खोजे । राष्ट्रलाई बर्बाद गर्ने संविधान बनाउन खोजे । त्योबाट हामीले रोक्याँ । हामीसँग सानो सङ्ख्या थियो, हामीले निर्णायक रोल खेल्न सक्दैनथ्यौँ तर त्यसलाई रोक्न सक्थ्यौँ त्यसको प्रदर्शन हामीले विगतको संविधानसभामा खेल्यौँ । अहिले संविधान बन्ने पृष्ठभूमि धेरै बनिसकेको छ । अहिले मूलतः शासकीय र सङ्घीय स्वरुप दुई विषय अनिर्णित अवस्थामा छन् । अब यसको छिनोफानो लगाएर हामी एक वर्षभित्रमा संविधान जारी गर्छौं ।

  •   अबको संविधान बनाउने कार्यको नेतृत्व कसले गर्छ  ?

  देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान हामी निर्माण गरिछाड्छौ । संविधान बनाउने नेतृत्व काँग्रेसले गर्छ । यसकै निम्ति जनताले काँग्रेसलाई बहुमत दिनुप-यो, संविधान बनाउन र विकास अघि बढाउन ।

  • निर्वाचनको व्यवस्थापनमा काँग्रेस अलिकति अलमलिएको र टिकटका बेला असन्तुष्टि देखियो, त्यसको सही रुपले व्यवस्थापन भयो त?

  पार्टीमा त्याग, तपस्या, अनुभवी, दुःख भोगेका र सङ्घर्ष गरेको कार्यकर्ता ठूलो सङ्ख्यामा छन् । अरू पार्टीमा त्यस्तो छैन । सबैलाई उम्मेदवारी दिन सकिदैनथ्यो र सीमित व्यक्तिलाई दिनुपर्ने बाध��यता थियो । २४०, ३३५ वा ६०१ को उम्मेदवारीमा मात्रै पार्टी समेटिने होइन । यो पार्टी विशाल छ । सबै उत्तिकै सक्षम छन्, सबैलाई टिकट दिन नसक्दा चित्त दुखाइ भयो होला तर अन्ततः सबैले मन बुझाउनुहन्छ किनकि अहिले पार्टी ठूलो सङ्घर्ष र जीवनमरणको अवस्थामा छ । यतिबेला काँग्रेसले बहुमत नल्याउँदा नेपालमा लोकतन्त्रको भविष्य अन्धकार हुन्छ । आगामी दिनमा स्थानीय निकाय, प्रदेश र संसदको चुनाव हुन्छ, त्यो कुरालाई बुझेर साथीहरूले आफ्नो आकाङ्क्षालाई चित्त बुझाएर संविधान बनेपछि नयाँ अवसर आउने कुरामा चित्त बुझाएर सबै नेता कार्यकर्ताहरू पार्टीलाई जिताउने काममा लाग्नुहुनेछ ।

  •  काँग्रेसका शीर्षनेताहरू चुनावी अभियानको क्रममा देशव्यापी दौडाहामा जाने कुरा भएको छ कि छैन ?

  देशव्यापी चुनावी तयारीमा जाने सोच मैले बनाएको छु । तर जिल्लामा केही झमेलाहरू सिर्जना गरिएका छन् । तनहुँको राजनीतिमा अलिकति फोहोरी खेल भएको छ, मैले विपक्षी दलका नेताहरूलाई पनि तनहुँको राजनीतिक संस्कृतिलाई विकृतितिर लानुभएको छ भनेर पनि भने । त्यसैले जिल्लामा पनि ध्यान दिनुपर्ने अवस्था छ । वरपर र कर्णाली लगायतका क्षेत्रमा समेत जाने सोच छ ।

  • आगामी चुनवामा काँग्रेसको प्रतिस्पर्धी को हो एमाले वा एनेकपा (माओवादी) ?

नयाँ उटपट्याङ कुरा गरेर केही हुनेवाला छैन, देशलाई अलमलमा पार्ने कुरामात्रै हो । मैले एनेकपा  माओवादीका नेताहरूलाई भन्ने गरेको छु तपाईं भ्रममा हुनुहुन्छ त्यसैले देश र जनतालाई भ्रममा राख्नुभएको छ । यसले देशको अहित हुन्छ ।  एमाले पार्टीको बोलीको र कामको टुङ्गो पनि हुँदैन । एमालेले संविधान बन्ने क्रममा १४ प्रदेशजस्तो माओवादीको प्रस्तावमा भोट हालेर गैरजिम्मेवार ढङ्गले काम ग-यो । सातसात महिनासम्म देशमा प्रधानमन्त्री चुनिनबाट वञ्चित गरायो । एमालेले बेलाबेलामा अवसरवादी रुप खेलेको छ । काँग्रेसबाट प्रधानमन्त्री बनाउनमा उसलाई सहयोग भयो तर काँग्रेसलाई सहयोग गर्ने बेलामा उसले धोका दिने चरित्र प्रदर्शन गरेकै हो र एनेकपा माओवादी उट्पट्याङको पराकाष्ठा हो ।

  •  एनेकपा माओवादीले यसपटक राष्ट्रपति र निर्विवाद नेताका रूपमा अध्यक्ष पुष्पकमल दाहाललाई प्रस्तुत गरेको छ नि?

  अघिल्लो निर्वाचनमा देशको पहिलो राष्ट्रपति भनेर उहाँलाई भित्तामा माओवादीले लेखेकै हो । उहाँकै परिवारले पनि भित्ते राष्ट्रपति भनेकै हुन् । त्यसकारण उनीहरू अनेक भन्छन् गुड्डी हाक्छन तर अहिले प्रधानमन्त्री वा राष्ट्रपति माओवादी बन्ने अवस्था छैन ।

  •  तनहुँमा सधै काँग्रेसको वर्चस्व रहँदै आएको भनिन्छ रु अहिले परिस्थिति अलि फरक बन्दै गएको हो की ? यो क्षेत्रमा तपाईंको उम्मेदवारी केका लागि हो ?

 तनहुँमा माओवादीको प्रवेशपछि गत निर्वाचनमा अलिकति असहज बनाएर हामीले दुई सिट गुमायौँ । एउटा सिटमा त एमालेसँग हामी प्रतिपस्र्धामा थियौँ । एक नम्बर क्षेत्रमा माओवादीले गत निर्वाचनमा जित्यो, २ नम्बर त काँग्रेसको सुरक्षित क्षेत्र मानिएको हो तर त्यसमाथि धेरै प्रकारको षडयन्त्र र दुष्प्रयास हुन खोजेको देखिए पनि ती कुरा सफल हुने स्थिति छैन । तनहुँका जनता लोकतन्त्रका माध्यमबाट देशको विकास भइरहेको कुराप्रति आश्वस्त छन् र यो जिल्लाको विकास र प्रगति निरन्तर भइरहेको कुरामा यहाँका जनता परिचित भएकाले कुनै पनि षडयन्त्र सफल हुने म देख्दिन ।

  •  आफ्नो कार्यकालमा तपाईंले जिल्ला र निर्वाचन क्षेत्रमा गर्नुभएको मुख्य विकास लगायतका काम के के हुन् ?

  विसं.२०४७ साल अघि तनहुँका दक्षिणी भेगका छिपछिपे, बैदी, कोटा, देवघाट लगायतका ठाउँमा जानुपर्दा दमौलीबाट पहिले भरिया खानेकुरा पठाएर पछि पछि लौरो टेकेर जानुपर्ने डाँडाकाँडा र ठाउँहरू थिए । अहिले जिल्लाका सबै डाँडामा मोटर पुग्दैछ, बिजुली बलेको छ र सबै गाउँमा झलझलाउँदा विद्यालय छन् । स्वास्थ्य, सञ्चार र शिक्षाको क्षेत्रमा प्रगति भएको छ । निर्माणाधीन बुद्वसिंह मार्गले दमौलीलाई चितवनबाट ३० किमीमा छोट्याउँदैछ । सबैभन्दा विकट कछाड भेगमा यातायातको सुविधा र विकास अवसर पुग्दैछ । घुमाउने, सुढे र गडगडीघाटमा पुल हाल्दैछौ । यसले दक्षिणी भेग अत्यन्त सुगम बनेर दमौलीको नजिकै आइपुग्ने होइन कि नवलपरासीको उत्तरी पाटो पनि दमौली बजार नै बन्नेवाला छ । व्यासमार्ग पिच गरेर पश्चिमी लमजुङलाई दमौलीमा झा-याँ र दमौली पश्चिमी लमजुङको थोक बजार बनेको छ ।

यसरी जिल्लामा विकासको बाटोमा धेरै ठूलो प्रगति हामीले गराएका छौँ । सातौँ विद्युतीकरणदेखि सबै योजना लागू गरेर तनहुँका धेरै गाउँ बत्ती बालियो अब केही बाँकी छ । यसै बीचमा ४० अर्बको सेती प्रोजेक्ट आएको छ । यसले तनहुँको विकासमा कायाकल्प गर्दछ । यसले युवाले रोजगारी, व्यापारीले काम, व्यवसाय बढाउँदै यहाँको आर्थिक क्रियाकलापमा ठूलो परिवर्तन आउँदैछ । योजना सम्पन्न भएपछि जिल्लामा लोडसेडिङ नहुने गरी काम हुनेछ । भिमादसम्म बन्ने जलाशयका कारण बन्ने डुङ्गा शयर लगायतका पर्यटकीय क्रियाकलापले यो क्षेत्र पर्यटनको स्वर्ग बन्दैछ ।
मिर्लुङ, गलेखाम, दुभुङ, बन्दीपुर, छिम्केश्वरी, रिसिङघिरिङसम्मका ठाउँलाई पर्यटनको केन्द्र बनाउँछौं । डाँडामा पिच रोड उकाल्दैछौँ । सात किलोमिटर बाटो पिच गर्दा उजाड बनेको बन्दीपुरमा कत्रो चहलपहल बढेको छ आज । तल झरेका बन्दीपुरेहरू पुरानै थाँतथलोमा फर्केका छन् । त्यो पर्यटन केन्द्र बनेको छ । मैले २०४८ सालमा चुनाव लड्दा विचारी चौतारा बरभञ्ज्याङबाट भनेको थिए कि सेवा र सुविधाको अभावमा गाउँबाट जनताको मन भागेको छ, त्यो भागेको मनलाई सेवा र सुविधा थपेर गाउँमा बसौँ बसाँ बनाउन म राजनीतिमा लागेको हो भनेर । आज बन्दीपुर त्यो नमुना बनेको छ ।   राससका उपप्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतले गर्नुभएको कुराकानीको  अंश ।