बुधबार, बैशाख ५, २०८१

अस्तित्वलाई समेत नामेट गर्ने पार्टीमा बसिरहनुको कुनै अर्थ छैन: केशव स्थापित (उम्मेदवार काठमाडौं क्षेत्र न. ६)

दशअवतारले अवलम्वन गरेको नियतिलाइ हेर्ने हो भने नेकपा एमाले पहिचान विरोधी पार्टीनै हो 

कमरेड गौतमले मलाई नोमिनेशन फिर्ता गर्ने शर्तमा लिखित पत्र दिंदै मसँग, तपाईलाई यसपटक तपाईले चाहना गरेको क्षेत्र दिन सकेनन् । योगेशलाई दिनु पर्ने भो । यसमा अन्यथा नमान्नु यो अक्षम्य गल्ती हो  भने 

काठमाडौं कार्तिक १०, काठमाडौं महानगरपालिकाका तत्कालिन मेयरका रुपमा निर्वाह गरेका भूमिकाका कारण नै आम जनमानसमा पृथक पहिचान बनाउन सफल एवम् प्रखर व्यक्तित्व हो केशव स्थापित । कार्यशैलीकै कारण चर्चामा रहँदै आएका स्थापितले अबका दिनमा ति चर्चालाई थप रुपान्तरित ढङ्गबाट विस्तारित गर्ने लक्ष्य लिएका छन । विगतमा जे जस्तो भए पनि माउ पार्टी नेकपा एमालेले आफ्नो जनकल्याणका एवम् पहिचानका मुद्दालाई सम्बोधन गर्न् पर्दशन गरेको ढुलमुले चरित्र को आन्तरिक विद्रोह गर्दै एमाले परित्याग गरेको बताउँछन ।  त्यस्तै जुन पार्टीले बहुपहिचानका नाममा भएको अस्तित्वलाई समेत नामेट गर्ने षडयन्त्र गर्छ भने त्यस्तो पार्टीमा बसिरहनुको कुनै अर्थ नभएको भन्दै आफु सहित आम नेपालीको पहिचान स्थापित गराउने अभियानको सुभारम्भ स्वरुप आसन्न संविधानसभाको निर्वाचनमा संघीय समाजवादी पार्टीको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा उम्मेदवार दिएका छन् ।

आफ्नो उम्मेदवारीको प्रसंग प्रष्ट पार्दै नेता स्थापितले हामीसंगको साक्षात्कारमा भने सूर्यको आततायी प्रकाशबाट ओझेलेमा रहेको जाति, जनजाती र समग्र नेपाली जनताको पहिचानको प्रतिरक्षा गर्न छाता बोकेरे आएका छौं । जुन मुलुकको आवश्यकता पनि भएको बताए । उसै प्रसंगमा पहिचानको लागि नयाँ अभियानमा जुटेका स्थापितसँग नयाँ पृष्ठभूमि जुट्नुको अलावा माउ पार्टी एमाले परित्याग गर्नु पर्नाका कारण लगायत चुनावी  प्रसंगमा गरिएको विस्तृत संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

  • कमरेड मेरो मोबाइल झ्यार झ्यार भो भन्दै फोन संवाद काटियो पछि मैले दशौ पटक फोन गर्दा फोन उठेन र मेरो संघीय समाजवादीको तर्फबाट उम्मेदवारी दर्ता भयो ।  ओझेलेमा रहेको जाति, जनजाती र समग्र नेपाली जनताको पहिचानको प्रतिरक्षा गर्न छाता बोकेरे आएका छौं कुरा भने माक्र्सवादी, लेनिनवादको गर्ने तर द्वन्दवादमा जनतालाई अलमलाउने चरित्र केशव स्थापितको छैन । पहिचान सहितको प्रादेशिक संघीयताले विखण्डन हैन मुलुकमा थप समृद्धिको मार्ग प्रसस्त गर्छ ।

  • नेकपा एमाले परित्याग गर्दै नयाँ पृष्ठभूमिको पार्टीमा आवद्ध हुनुको कारण के हो ? 

नेकपा एमालेको विद्यमान संरचनाले म लगायत पार्टीका जिम्मेवार व्यक्तिहरुको भूमिकालाई स्विकार गर्न नसकेका कारण अर्थात् हामीले पार्टी भित्र उठाएको एकल पहिचान र बहु पहिचानको प्रसँगबीच फ्यूजन (तालमेल) हुन नसक्दा पार्टी परित्याग गर्नु पर्ने स्थिति सिर्जना भएको हो । अझ भन्ने हो भने ०६२।०६३ को आन्दोलन पछि स्वीकार गरिएको एकल पहिचानको मुद्दालाई एमालेले निर्वाचनको संघारमा अस्विकार गर्नु जस्ता कारणहरु रहेका छन् ।

  • तपाईको कुरा बुझर्दै गर्दा नेकपा एमाले पहिचान विरोधी पार्टीको रुपमा देखियो नी हैन ?

एकदम जसरी नेकपा एमालेले बहुपहिचानका नाममा ताम्सालिङ्ग र नेवाः प्रदेश एकै ठाउँमा राखेर जातिय झगडा गराउँदै आफ्नो भूमिका सुनिश्चित गर्न प्रर्दशन गरेको कुत्सित प्रवृतिमा हो । त्यस्तै एमालेको बहुपचिान भनेका भोलीका दिनमा गठन हुने प्रादेशिक सभामा पिछडिएका जातीलाई झन पछाडि पार्ने षडयन्त्र हो यहाँसम्मकी पहिचनाको लागि अन्तर संघर्ष चलाएको नाममा अशोक राईजस्तो नेतालाई पार्टीबाट बाहिरिन बाध्य बनाउने अनि क्षेत्री र सिंह (अमृत बोहरा र सिद्धिलाल सिंहलाई) कुनै मताधिकार नदिई बाँकी १० जनाले  आफू अनुकुल पार्टी नेतृत्व कब्जा जमाउँने चरित्र बोकेका १० जना व्यक्तिको रावण राज भनौ वा दश अवतारले अवलम्वन गरेको नियतिलाइ हेर्ने हो भने नेकपा एमाले पहिचान विरोधी पार्टीनै हो  

  • एमालेका दश अवतावरले तपाई लगायतका व्यक्तिहरुले उठाएको मुद्दालाई नबुझेका कारण बाहिरिएको भनेर बुझ्दा हुँन्छ ?

मैले गर्ने कुरा सुनरे अत्तालिएका दश अवतारले केशव स्थापितले भनेको मान्दै े जाने हो भने आफ्नो राजनैतिक अस्तित्व नै संकटमा पर्छ भन्ने एक किसिमको डर थियो उहाँहरुमा । त्यस्तै आफु र आफ्ना निकटका वाहेकलाई अवसर दिने कुनै निति नर्भको निति हिन नेताहरुको घमण्डका कारण पार्टीभित्र मौलाएको अन्तर सघर्षलाई सम्बोधन गर्नु पर्छ भन्ने मान्यतको विकास गर्न नसक्नु जस्ता घटनाक्रमकाले गर्दा हामी बाहिरिएको हो । यसको परिणाम अबको निर्वाचनबाट एमालेले भोग्नेछन् ।

  • तपाई विगत देखि नै एमाले नेता वामदेव गौतम निकटका मानिन्छ । यस विचमा उहाँको के रह्यो प्रतिक्रिया ?

निर्वाचनको प्रसंगलाई लिएर मैले उहाँसँग कुराकानी गरेको थिए । कुराकानी कै क्रममा मैले एकल पहिचानको प्रारुपलाई लिएर उहाँसँग कुराकानी गर्दा एकदिन उहाँ लगायतका अन्य पार्टी नेतृत्वको नेता समेत सहभागी चिया बैठकमा एमालेको उभार ल्याउने हो भने बहुपहिचान हैन कमरेड एकल पहिचानको धारणालाई अघि सार्नुपर्छ भन्ने अभिव्यक्ति राखेपछि नै त म विरुद्ध झन उहाँहरु आक्रमक हँद मेरो उम्मेदवारीको प्रसँग समेतलाई ओझेलमा पारेको अवस्था हो । अन्ततः मैले नयाँ विकल्प रोज्ने कुरा सार्वजनिक भएपछि उम्मेदवारी दर्ताका दिनमा समेत बामदेवजीले प्यूठानबाट फोन गरी उम्मेदवारी दर्ता गर्ने गल्ती जस्तो नगर्नु भन्ने जस्ता कुरा गर्दै गर्दा मैले उहाँलाई प्रष्ट शब्दमा कमरेड गल्ती मैले होइन तपाईहरुले गर्नुभएको हो भन्दै मेरो भावना बुझ्ने तपाईले कुनै चासो राख्नु भएन यस अर्थमा पनि म मेरो विचार र मुद्दा मिल्ने पार्टीमा जाँदै छ भने ।  त्यस लगत्तै फेरि झलनाथ खनालजीले फोन गर्नु भो र उहाँलाई मैले कमरेड कि मलाई काठमाडौं निर्वाचनमा ७ मा राख्नु यदि त्यहाँ संभव छैन भने १० नं. निर्वाचन क्षेत्र र त्यहाँ पनि हुन्न भने क्षेत्र नं. १ मा जान्छु भन्दा उहाँले कमरेड मेरो मोबाइल झ्यार झ्यार भो भन्दै फोन संवाद काटियो पछि मैले दशौ पटक फोन गर्दा फोन उठेन र मेरो संघीय समाजवादीको तर्फबाट उम्मेदवारी दर्ता भयो । त्यस्तै पछि कमरेड गौतमले मलाई नोमिनेशन फिर्ता गर्ने शर्तमा लिखित पत्र दिंदै मसँग तपाईलाई यसपटक तपाईले चाहना गरेको क्षेत्र दिन सकेनन् । योगेशलाई दिनु पर्ने भो । यसमा अन्यथा नमान्नु यो अक्षम्य गल्ती हो । तर तपाईले उम्मेदवारी फिर्ता गर्नुभयो भने तपाईको नाम अग्रिम सिफारिस सहित समानुपातिकमा सिफारिस गर्छौ । एमाले सरकारमा गएको खण्डमा समेत उचित स्थान दिनको अलावा आउँदो अधिवेशनबाट केन्द्रीय कमिटिमा लैजाने आशयका प्रतिबद्धता प्रकट गर्नु भएको थियो ।

  • तपाईले वामदेवको  निकट तर रोजाई योगेश के हो यो ?

मईले अगिनै भने नि एमाले नेतृत्वमा रहेका दश अवतारले प्रर्दशन गर्ने चरित्र भनेकै यहि हो । अहिले एमालेलाई चुनाव हैन महाधिवेशन लागेको छ । आउँदो महाधिवेशनमा  आफू र आफ्ना निकटका मान्छेलाई प्रतिस्थापन गर्ने लक्ष्य लिएर अहिले उपत्यका लगायतका अन्य क्षेत्रमा उम्मेदवारी छनौट गरिएको छ महाधिवेशनलाई लक्षित गरेर नै कमरेड गौतमले योगश भट्टराई रोजेको हो ।

  • प्रसँग बदलौ……….. जातियता र राष्ट्रियताको सवाल उठिरहेको अवस्थामा एकल जातिय पहिचानको कुरा कत्तिको सान्दर्भिक होला त ?

पहिचानको कुरा आफैमा प्रजातान्त्रिक प्रसँग हो । राष्ट्रियताको नाममा जातियता माथि दमन गर्ने प्रवृत्ति विरुद्ध जातिय प्रदेशको कुरा उठेको हो । समावेशीको नाममा सबैले आ–आफ्नो भाग खोज्ने तर समुदायगत प्रतिनिधि नभएका कारण संख्यात्मक रुपमा बढी भएपनि सँधै पछि पार्दै आइरहेका जात जाति समेतको उठान, सम्मान, अधिकार र अवसरको सहित पहिचान स्थापित गर्न प्रस्तुत प्रसंगलाई सम्बोधन गरिएको हो ।

  •   पहिचान स्थापित गर्ने नाममा विखण्डनको वातावरणलाई प्रश्रय दिनु ठिक हो त ? 

सबैले समानुपातिक अधिकार प्राप्ति हुने वातावरण निर्माण भएपछि के को विखण्डन । प्रसँगबस भन्ने नै हो भने ३५ वर्षसम्म मैले नेकपा एमालेमा गरेको योगदानको सम्बोधन नहुँदा आज म विद्रोह गर्न बाध्य भएँ । यदि मलाई मेरो योगदानको कदर गर्दै अधिकार प्रत्यायोजित गरेको भए विद्रो्हको कुरै उठ्ने थिएन । तसर्थ सबै जात जातिको समानुपातिक समान अधिकारको ग्यारेन्टी गर्ने उद्देश्यले सम्बोधन गरिएको पहिचान सहितको प्रादेशिक संघीयताले विखण्डन हैन मुलुकमा थप समृद्धिको मार्ग प्रसस्त गर्छ भन्ने हाम्रो बुझाई हो । र यहि अवधारणाबाट हामीले चुनौतिभन्दा प्रचुर मात्रामा अवसरको खोजी र प्राप्ति गर्न सक्छौं ।

  • यी मुद्दाहरुमा जनमत प्राप्त हुन्छ भन्ने विश्वास छ ?

विभिन्न जातजातिय संगठनको आधारमा अगाडि आएको पार्टीले उठान गरेको मुद्दा त्यस माथि पनि यत्रतत्र सर्वत्र स्वायत्त प्रदेश कुरा चलिरहेको अवस्था र जनचाहना पनि यहि भएका कारण अनुमोदन नहोला भन्नु नै अपराध हुनेछ ।

  • विगतमा पहिचानको मुद्दाले गर्दा नै पहिलो विधानसभाको अवसान भएको हैन त ?

हिजोको दिनमा किन विधानसभा असफल भएको त्यो जगजाहेर नै छ । त्यस्तै हिजोको दिनमा भएका उपलब्धीलाई ग्रहण गर्दै वर्ष दिन भित्र संविधान लेख्ने ठुला दलहरुले जुन कमिटमेन्ट गरेका छन्, त्यसलाई हेर्ने हो भने पनि अव केही हुन्छ भन्ने लागेको अवस्था छ । यदि हिजकै नियति दोहोरियो भने त्यो हाम्रो कारणले हैन ति तथाकथित ठूला दलका कारण हुने हो ।

  • केशव स्थापित भन्ने वित्तिकै भड्काउने र विगार्ने अवरवादी चरित्रको मान्छे भन्ने जनमानसमा  चर्चा छ नी ?

    यदि फलामलाई बंग्याएर हेण्डिल बनाउँदा हेण्डिल बन्यो कि बनेन भनेर हेर्नु भन्दा पनि फलाम किन बाङ्गो बनाएको भन्दै निहुँ खोज्छ भने मेरो भन्नु केही छैन । त्यस्तै राजनितिमा अवसरको खोजी नगर्ने हो भने त्यो के राजनिति, कुरा भने माक्र्सवादी, लेनिनवादको गर्ने तर द्वन्दवादमा जनतालाई अलमलाउने चरित्र केशव स्थापितको पक्कै होइन र छैन पनि । समग्रमा सुन्दरताको लागि झिनो बाछिटा मिल्काउँदा वा जनसेवाको मार्ग अख्तियार अत्तालिएका केही झुण्डहरुले फैलाइएको भ्रामक प्रचार सिवाय केही हैन ।

  • तपाईको जित्ने आधार र उम्मेदवारी के का लागि त ?

मूलतः संविधान लेखनको साथै शहरी विकासको लागि हो भने मेरो जित्ने आधार भनेको विगतमा तत्कालिन महानगरको मेयर हुँदा महानगरका हरेक   नागरिकको जीवन समृद्ध बनाउन गरेको योगदान एवम् यहाँका आम नेपालीले म प्रति यसले केही गर्छ है भनेर देखाउनुभएको सदाशयता नै हो ।

  • आसन्न निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ मा तपाईको  प्रतिस्प्रर्धी  को त ?

प्रतिस्पर्धीको भन्दा पनि मेरो पछि रहेको उम्मेदवार भनेको काँग्रेसको भिमसेनदास हो । यद्यपि क्षेत्रमा विकसित विद्यमान अवस्थालाई आधार मान्ने हो भने काँग्रेस भित्र मौलाएको अन्तर्घात प्रवृत्ति,एमालेको धुलमुले निति र माओवादीको उम्मेदवार हिमाल जीको कुरा गर्नु हुन्छ भने विगतमा माओवादीका प्रमुख प्रचारकका रुपमा रहेका चिनियामान बज्राचार्य, राजेन्द्र महर्जन र गोपाल महर्जन जस्तो हस्ती सबै अहिले वैद्य समुहमा छन् । र उहाँहरुले पनि मलाईनै सहयोग गर्ने पक्कापक्की नै छ । त्यस्तै यहाँका बहुसख्यक  जनता प्रायः बुद्धिष्ट भएका कारण आउँने सव भोट भनेको केशव स्थापितलाई नै हो । ए बाबा अझ रमाईलो कुरा त भिमसेनदास जीलाई त उहाँको भाई र ��रिवारकै भोट आउने अवस्था छैन । अब तपाई आफै भन्नुस् ।

  • उसो भए  मैदाननै  खालि हो भन्नु खोज्नु भएको हो त ?

लगभग अवस्था खालि नै हो । तर केशव स्थापितले निर्वाचित नहुँदै यसो भन्दा पागलपन हुन सक्छ र मैदाननै खाली भन्ने दम्भ गर्नु त भएन ।

  • अन्तमा,?

सबै मतदाताहरुमा केशव स्थापितको चुनाव चिन्ह छातामा छाप लगाई आफ्नो पहिचान सहितको संविधानका साथै काठमाडौं बनाउने अभियानमा साथ दिनु हुन अनुरोध गर्दछु ।

-श्रीजन झा

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2013
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930