शनिबार, बैशाख १५, २०८१

एनसेल प्लेयर अफ दि एयरको उपाधि सन्दिप राईलाई

श्रवण झा/काठमाडौ चैत्र २९, एनसेल प्लेयर अफ दि एयरको उपाधि राष्ट्रिय फुटबल खेलाडी सन्दिप राईले जितेका छन ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्धारा यहाँ आयोजित एक कार्यक्रममा राईले यस वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै कार हात पारेको जानकारी दिइयो ।गत फागुन २८ देखि चैत २७ गतेसम्म एनसेलले खुल्ला, फुटबल प्रशिक्षक र मिडिया हाउसको लागि एसएमएस भोटिङ खुल्ला गरेको थियो ।कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ(एन्फा) का अध्यक्ष गणेश थापाले यस किसिमको सम्मानले फुटबल खेल आमजनमानसमा अझ लोकप्रिय बन्ने विश्वास व्यक्त गर्दै व्यावसायिक खेलाडीले खेलेर पनि बाँच्न सकून् भन्ने उद्देश्यले यो उपाधि प्रदान गरिएको बताए ।त्यस्तै एनसेलका मिडिया डाइरेक्टर सञ्जु कोइरालाले फुटबल लोकप्रिय खेल भएको हुनाले यसको विकास र विस्तारका लागि एनसेलले सहयोग गरेको बताए ।