शुक्रबार, बैशाख १४, २०८१

टुरिष्ट उम्मेदवारबाट मतदाताको भावना किमार्थ सम्बोधन हुन सक्दैन :देवरत्न डंगोल

 (-काठमाडौ क्षेत्र न. ८ बाट प्रदेशसभा ‘ख’ मा  काँग्रेसका उम्मेदवार)

  • टुरिष्ट उम्मेदवारका कारण स्थानीय जनता प्रताडित

आफु स्थानीय उम्मेदवार भएका कारण जनताले आफ्नो उम्मेदवारीलाइ अनुमोदन गर्दै निर्वाचित गराउँने विस्वास व्यक्त

  • खोक्रा नारा र झुठा आश्वासन वाड्नु भन्दा आफ्नो निर्वाचन क्षेत्रमा व्याप्त समस्यालाइ दृष्टिगत गर्दै यर्थातताको धरातलमा स्वार्थ भन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता अभिव्यक्त

  काठमाडौ कार्तिक २७ , देवरत्न डंगोल आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्र्तगत काठमाडौ निर्वाचन क्षेत्र न. ८ बाट प्रदेशसभा ‘ख’ मा नेपाली काँग्रेसको उम्मेदवार हुनुहन्छ । प्रष्टवक्ता एवम् स्थानीय मतदातावीच लोकप्रिय उम्मेदवारको पहिचान बनाउँदै विगत लामो समयदेखि स्थानीय कुनैपनि जनसाचोको मुद्धामा पहलकद्मी लिदै आएका व्यक्तित्व पनि हो । काँग्रेस महानगरसमितिका सभापति समेत रहेको युवा नेता डंगोलले यस  http://www.kantipurhotline.com  संगको समसामायिक वार्ताको क्रममा आफु र आफ्नो उम्मेदवारी स्थानीय जनताको मागअनुरुप भएको बताउँदै स्थानीय क्षेत्रको विकास एवम् स्थानीय मतदाताको अपन्त्वको लागि स्थानीय उम्मेदवारको महत्वपूर्ण भूमिका रहने बताए ।  यस्तै निर्वाचनमा अनेकन वहाना र यहाँ नभए त्यहाँ त्यहाँ नभए यहाँ गर्दै निर्वाचन लड्न आउँने टुरिष्ट उम्मेदवारका कारण स्थानीय जनता प्रताडित रहनुको अलावा यस्ता जनप्रतिनिधीबाट मतदाता प्रत्यक्ष लाभाम्वित हुन नसकिरहेको जनाउ दिदै आफु स्थानीय उम्मेदवार भएका कारण जनताले आफ्नो उम्मेदवारीलाइ अनुमोदन गर्दै निर्वाचित गराउँने विस्वास व्यक्त गर्नु भएको छ ।

त्यसो त उम्मेदवार नै नभएको अवस्थामा समेत एक क्रियाशील सामाजिक अभियन्ताको रुपमा स्थानीय जनताको पिरमर्का सुख दःुख र स्थानीय क्षेत्रको विकासका लागि अविराम लागि पर्दै आएका राजनैतिक व्यक्तित्व पनि हो डंगोल ।  विभिन्न समाजिक संस्थामा समेत सक्रिय उम्मेदवार डंगोलले जनतामाझ चुनाव जित्नको लागि खोक्रा नारा र झुठा आश्वासन वाड्नु भन्दा आफ्नो निर्वाचन क्षेत्रमा व्याप्त समस्यालाइ दृष्टिगत गर्दै यर्थातताको धरातलमा स्वार्थ भन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता अभिव्यक्त  गर्दै  यहाँ व्याप्त   खानेपानीको चर्को समस्या त्यस्तै हिलाम्मे र ढुलाम्मे सडक लगायत स्थानीय कला संस्कृतिको प्रवद्र्धन लगायतका विषयवस्तुलाइ अगाडि सारेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।