शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं क्षेत्र न.८ मा वाम गठबन्धनलेआफ्नो वर्चश्व कायम गर्ने सुनिश्चित छ :राजेश शाक्य

  -निर्वाचन क्षेत्र न .८ अन्र्तगत प्रदेससभा १ मा सदस्यका उम्मेदवार  

काठमाडौ मंसिर १, स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार सुशासन र समृद्धिका लागि वामपन्थी सरकार भन्ने मुल नारा सहित आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मार्फत नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न राष्ट्रको निर्णायक शक्तिका रूपमा रहेका नेकपा एमाले र माओवादी केन्द्का बीच २०७४ असोज १७ गते एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने ऐतिहासिक घोषणा सहित बनेको वाम गठबन्धनका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र न .८ अन्र्तगत प्रदेससभा १ मा सदस्यका प्रत्यासी उम्मेदवार राजेश शाक्य रहेका छन ।

यसै प्रसंगमा २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण प्रादेशिक सरकारमा नेपालभाषाका कार्यान्वयन रञ्जना लिपीको संरक्षण लगायतका विषयगत मुद्धाका साथै स्थानीय थप जनचासोका मुलभुत मुद्धामा पहल कदमी दिने प्रतिवद्धता सहित युवा एवम् मिलनशार र सहयोगी व्यक्तित्वका साथै काठमाडौं एमाले क्षेत्र न ८ का इन्चार्ज समेत रहेका उम्मेदवार शाक्य संग आसन्न निर्वाचनको चुनावी तयारी, क्षेत्रगत एजेन्दा लगायतका महत्वपूर्ण विषयमा केन्द्रीत रहेर गरिएको  अन्तर संवादको क्रमम उम्मेदवार शाक्यले राजनीतिलाई पेशा ठान्नेको विरुद्ध र त्यस्तै गरीखाने भाँडो बनाउनेको विरुद्धमा र विद्यमान भ्रष्टाचारको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताउँदै प्रदेश न (१) का वडा न १३, १९, २०, २३ र२४ न.का स्थानीयले आफ्नो उम्मेदावरीलाइ यसपटक विजयमा  परिणत गर्ने दावी गरे ।

  त्यस्तै विगतमा काँग्रेसको एकक्षत्र राज रहेको सवालमा  सोधिएको एक प्रश्नको जवाफमा उम्मेदवार शाक्यले भने-  हिजोको दिनमा वामपन्थी मत छरिएका कारण  यस क्षेत्रमा  काँग्रसले  विजयी बन्ने अवसर प्राप्त गरेको  हो   तर  वाम गठबन्धन भएसंगै    छरिएर रहेको ती मत एकिकृत भएको र पटक पटक जे भए पनि यस पटक भने सम्मान जनकरुपमा निर्वाचित हुँदै वाम गठबन्धनले क्षेत्र न. ८ मा आफ्नो वर्चश्व कायम गर्ने  उनको भनाइ रहेको  थियो ।  स्मरण रहोस ८ अन्र्तगत काठमाडौं निर्वाचन क्षेत्र न ८को प्रदेस सभामा वाम गठबन्धनबाट राजेश शाक्य काँगेसको तर्फबाट राज्यलक्ष्मी श्रेष्ठ प्रत्यासी रहेका छन ।

साथमा यो पनि

 प्रस्तुत छ यस  www.kantipurhotline.com को स्थायी स्तम्भ कान्तिपुर हटलाइन समसामायिक वार्ताको  लागि  उम्मेदवार शाक्यसंग गरिएको विस्तृत कुराकनीको सम्पादित संवाद   ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031