बुधबार, बैशाख २६, २०८१

इतिहासमै पहिलोपटक महासंघलाइ हेर्ने दृष्टिकोणमा अविश्वासको खाडल सिर्जना भएको युनियनको ठहर

काठमाडौं श्रावण २७, नेपाल प्रेस युनियनले २५ औ महाधिवेशनको अन्तिम तयारीको क्रममा पत्रकार महासंघले आन्तरिक र प्रक्रियागत तयारीमा गरेको बलमिच्याई र हेलचेक्याँइले धेरैलाई असमञ्जसमा पारेको जनाएको छ ।  प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देले आज महासंघ अध्यक्षलाइ बुझाएको ध्यानाकर्षण सहितको ज्ञापन पत्रमा महासंघका अग्रजहरुको उपस्थितिमा भएका सहमतिलाई पनि वेवास्ता गरेर महासंघको वर्तमान नेतृत्वले यसको गरिमालाई नै धुलोमा मिलाउने धृष्टता गर्नुका अलावा यो वा त्यो वहानामा इतिहासमै पहिलोपटक  पत्रकारवृतमा  महासंघलाइ हेर्ने दृष्टिकोणमा अविश्वासको खाडल सिर्जना भएको उल्लेख FNJ-Gyapan Patra 2074-4-27-1गरिएको छ ।

त्यस्तै जसरी हहिले महासंघ नेतृत्वले नियोजितरुपम महाधिवेशनलाई प्रभावित पार्ने गरि शाखा खोल्ने, नयाँ सदस्यता थप्ने, सभासद बढाउने जस्ता निरन्तरता दिएको पक्ष प्रति आफ्नो कार्य गम्भिर ध्यानाकर्षण भएको जनाउँदै केन्द्रीय समितिलाई समेत छलेर सौर्य दैनिकमा प्रतिष्ठान शाखा खोल्ने, पर्यटन पत्रकार समुहका नाममा एकलौटी शाखा खोल्ने, विभिन्न प्रतिष्ठानहरुमा सदस्य संख्या थप्दै सभासद बढाउने कार्य भइरहेकोमा कडा आपत्ति जनाएको छ ।

त्यस्तै महासंघको काठमाडौं शाखामा मनलाग्दो ढंगले सभासद चयन गर्ने, मापदण्ड पुगेकालाई सभासद बन्नबाट वञ्चित बनाउने जस्ता कार्यको हामी चित्तबुझ्दो र स्पष्ट जवाफ माग गर्दै कारोवार प्रतिष्ठानमा नाम भएका पत्रकारहरुलाई मतदान गर्न नदिएपछि उत्पन्न विवादको हल खोज्ने सार्थक प्रयास भन्दा पनि अल्मल्याउने प्रयास गर्नु त्यस्तै महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशनमा बसेका इलाम र पाँचथरका साथीहरुलाई झुक्याइनु र ताप्लेजुङमा मतदान गरिएको तस्विर खिच्ने पत्रकार साथीहरुलाई बाहिरै राखेरै गरिएको अधिवेशन जस्ता घटनाको सवालमा एक जिम्मेवार संस्थाका नाताले हामीहरुले संस्थागत रुपमा पटकपटक गराएको ध्यानाकर्षणलाई महासंघको नेतृत्वले सुनेको नसुन्यै गरेको युनियनको बुझाइ रहेको भन्दै यी सबै सवालहरुलाई तत्काल समाधान गर्ने गाम्भिर्यता देखाउन महासंघ नेतृत्वलाई पूनः स्मरण गराएको छ ।  अन्यथा महासंघको महाधिवेशनका प्रक्रियामा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं महासंघ नेतृत्व हुने सालिनतापूर्वक चेतावनी समेत दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031