शुक्रबार, बैशाख १४, २०८१

भौतिक आक्रमणकारीलाइ कारवाही गर्न माग

काठमाडौं श्रावण २७, काठमाडौं पत्रकार महासंघले जन आकाश साप्ताहिकका संवाददाता श्रवण कुमार घिमिरेमाथि काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको वर्तमान अध्यक्ष बालकृष्ण थापाको मान्छे हुँ भन्दै नारायण बहादुर मगर र योगेश श्रेष्ठ नामका व्यक्तिले आज विहान गरेको भौतिक आक्रमणको घटनाप्रति fnj logoआफ्नो गम्भिर गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका सचिव मोहनपन्तद्दारा आज जारी विज्ञप्तिमा समाचारका सम्वन्धमा चित्त नबुझे वा कुनै गुनासो भएमा नेपाल पत्रकार महासंघ तथा प्रेस काउन्सिल जस्ता संस्थाहरुमा उजुरी दिन विकल्प हुँदाहुँदै भौतिक आक्रमण गर्ने र मानसिक यातना दिने कार्यको घोर भत्सर्ना गदै  साप्ताहिकको विशेषाङ्कमा प्रकाशित समाचारलाई लिएर साप्ताहिकका संवाददाता श्रवण घिमिरे र बजार व्यवस्थापक कर्मा लामामाथि भौतिक आक्रमणमा गर्ने नारायण बहादुर मगर र योगेश श्रेष्ठलाइ  पक्राउ गरि कारवाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गरेको छ ।