प्रेस सोसाइटीको प्रथम बिस्तारित बैठक : महासंघलाई सम्पूर्ण श्रमजिवी पत्रकारहरुको साझा संगठन बनाउनु पर्नेमा जोड
काठमाडौं श्रावण २८, नेपाल प्रेस सोसाइटीको शनिबार राजधानीम पत्रकार महासंघको आसन्न महाधिवेशन लक्षित प्रथम बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकपछि जारी विज्ञप्तिमा महासंघको आसन्न २५औं महाधिवेशनमा महासंघलाई सम्पूर्ण श्रमजिवी पत्रकारहरुको साझा संगठनको रुपमा विकास गर्नुपर्ने सवालमा प्रेस सोसाइटी दृढ रहेको जनाउँदै सोसाइटीको तर्फबाट संगठनका संयोजक रुद्र भट्टको नेतृत्वमा आसन्न पत्रकार महासंघको महाधिवेशनमा प्रतिनिधित्व गर्ने निर्णय गरेको छ ।’
त्यस्तै सोसाइटीले विभिन्न संगठनसँग वार्ता र संवादका लागि सुदर्शन खतिवडा, विदुर खड्का र केशव अर्याल रहेको तीन सदस्यीय वार्ता समिति समेत गठन गरेको छ । यसैगरी योगेन्द्र प्रताप शाहीको नेतृत्वमा निर्वाचन समन्वय तथा व्यवस्थापन समिति गठन गरेको छ ।
त्यस्तै विज्ञप्तिमा सोसाइटीको महाधिवेशन २०७४ मंसिर मसान्तभित्र सम्पन्न गर्नका लागि आगामी आश्विन मसान्तभित्र जिल्ला सम्मेलन, कात्तिक मसान्तभित्र प्रदेश सम्मेलन गरिसक्ने निर्णय गरेको जनाउँदै ‘लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौंबाट केन्द्रीय पार्षदमा निर्वाचित शिव बस्नेत, नेपाल पत्रकार महासंघ बाँके शाखाबाट निर्वाचित केन्द्रीय पार्षद विरेन्द्र पुन, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्वसहसचिव विष्णु आचार्यलगायतलाई नेपाल प्रेस सोसाइटीमा स्वागत गर्दै संगठनको केन्द्रीय परिषद सदस्यको जिम्मेवारी दिने निर्णय गरिएको उल्लेख गरिएको छ ।