मङ्लबार, बैशाख २५, २०८१

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राजसंस्था र हिन्दू अधिराज्यको पक्षमा दृढसंकल्पित :अध्यक्ष राणा

downloadकाठमाडौ श्रावण २५,  राप्रपा फुटेपछि नयाँ अस्तित्वमा आएको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले मुलुकको हितका लागि राप्रपा प्रजातान्त्रिकका संविधान संशोधनको पक्षमा रहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको साक्षात्कारमा बोल्दे नेता राणाले मधेशी जनताको भावनालाई समेटेर त्यहाँका विद्यमान समस्या समाधान गरी मधेश केन्द्रित दललाई निर्वाचनमा सहभागी गराउँनका  लागि पनि संविधान संशोधनको विक्लप नभएको जनाउ सहित आफ्नो पार्टीले सरकारलाई समर्थन  गरिसकेकाले सरकारमा जाने तयारीमा रहेको बताएउँनु भएको छ ।  त्यस्तै उहाँले राप्रपा फुट्नु प्रजातान्त्रिक गठन हुनुमा कुनैपनि बाह्य शक्तिको भूमिका प्रष्ठ पार्दै आफ्नो भारतमा नातासम्बन्ध रहेको आधारमै भारतले नयाँ पार्टी खोल्न भूमिका खेलेको भन्नुको कुनै तुक नरहेको बताउँदै मुलुकको आवश्यकता र पार्टीका जिम्मेवार कार्यकर्ताको भावना अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन भएको जनाउ दिनु भएको छ ।

त्यस्तै सम्बोधनको क्रममा उहाँले कमल थापाले एकलौटी र मनोमानी ढंगले पार्टी चलाउन खोजेकाले आफू कठोर निर्णय लिन वाध्य भएको खुलासा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा आफ्नो पार्टी दृढसंकल्पित रहेको समेत बताए।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031