बिहिबार, बैशाख ६, २०८१

प्रचण्डको धम्कीले काँग्रेस डराउँदैन : नेतृ कोइराला

भक्तपुर श्रावण २६,  नेपाली काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीले नेपाली काँग्रेसमा विचलन नआउने बताएकी छन् ।  रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले बेला बखतमा धम्की दिने प्रचण्डले पछिल्लो sujata and sushil 26समयमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका बिषयलाई लिएर नयाँ सत्ता समिकरणका बारे दिएको अभिव्यक्ति एक धम्की मात्र भएको र धम्कीलाई काँग्रेसले गहन रुपमा नलिएको उनले बताईन् ।  कोइरालाले प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयसीमाभित्र पुरा गर्नुपर्ने बताईन् । यसका लागी सरकार र निर्वाचन आयोगले प्रक्रिया तत्काल अघि बढाउनुपर्ने उनको भनाई छ । निर्वाचनमा कसले जित्छ कसले हार्छ भन्नु भन्दापनि पहिलो कुरा निर्वाचन समयमै गराउनु नै हो नेतृ कोइरालाले भनिन् ‘सबैलाई समेटेर तीनै तहका निर्वाचन सहज रुपमा सफल बनाउनुपर्छ ।’

नेतृ कोइरालाले प्रदेश नंम्बर दुईकोसहित तीनवटै तहको निर्वाचनका लागी नेपाली काँग्रेस तयार भैसकेको बताईन् । निर्वाचन सम्पन्न गर्नका लागी आबश्यक कानून तथा विद्येयकहरुलाई छिटोभन्दा छिटो पास गर्नुपर्नेमा उनले जोड दिईन् । तराई मधेशका जनता निर्वाचनका लागी आतुर भैसकेको कारण तत्काल विधेयक र नीतिहरु पास गरि जनताको अपेक्षा अनुसार निर्वाचन गर्न जरुरी रहेको उनले बताईन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण मुलुकको हितकै पक्षमा रहेको बताउँदै यो भ्रमणका क्रममा मुलुकको र आम नेपालीका हितका बिषयमा दुईपक्षिय कुराकानी र विविध बिषयमा आपसी सहमति तथा सम्झौता हुन सक्ने पनि बताईन् ।
पछिल्लो समय भारत र नेपालबीच केही बिग्रिएको सम्बन्धमा सुधार ल्याउन पनि प्रधानमन्त्रीको भ्रमणले सकारात्मक रोल खेल्ने उनले बताईन् । नेपालमा राजनीतिक दल��रुबीच सहमति सहकार्य भै दलहरु आपसमा मजबुद भएको अबस्थामा बाह्रय शक्तिले हस्तक्षेप गर्न नसक्ने उनको भनाई छ ।
पछिल्लो समय राप्रपाको फुटका बिषयलाई लिएर उनले भनिन् नेपालमा दलहरुबीच टुटफुटको क्रमले राजनीतिक संक्रमण बढेको छ । राप्रपाको फुटपनि अपरिपक्क राजनीति खेल भएको उनले बताईन् ।