शुक्रबार, बैशाख १४, २०८१

राप्रपा अध्यक्ष थापाद्दारा वरिष्ठ नेता राणालगायतका नेतालाइ गर्यो कारबाही

 काठमाडौ श्रावण २५,  राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले वरिष्ठ नेता पशुपतिशम्शेर राणा तथा केन्द्रीय सदस्य ताहिर अलि, जगतप्रसाद गौचन , विजयकला राईलगायतका नेतालाइ , पार्टीबाट निष्कासनको कारवाही गरेको छ ।  पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी विभाजनमा लागेको आरोप सहित वरिष्ठ नेता पशुपतिशम्शेर राणालगायतका नेताहरुलाइ कारवाही गरेको सो पार्टीले जनाएको छ ।

तयस्तै आजको बैठकले आगामी भाद्र मसान्तभित्र पाँचै विकास क्षेत्रमा सनातन धर्म सम्मेलन, सातै प्रदेशमा गाउँ, नगर, क्षेत्र र जिल्ला अध्यक्षको भेला भदौको पहिलो साता काठमाडौ उपत्यकास्तरीय कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रम विभिन्न तहमा सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।