काठमाडौ श्रावण १७ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीको अनुसन्धानको क्रममा मा आयोगको विशेष टोलीले सोमवार रु ३० हजार घुससहित पक्राउ गरेको छ ।
न्यौपानेले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसंग घुस माग्दै हैरानी वानाएको उजरीको छनविनको क्रममा पक्राउ परेका न्यौपाने उपर थप अनुसन्धान भइरहेको जानकारी आयोगले दिएको छ ।