शनिबार, बैशाख १५, २०८१

टेलिकमका ग्राहकलाइ ९० दिने प्रमोसनल अफर’

 नेपाल टेलिकमले सेवा प्रवाहको क्रममा गुण्स्तर सुभार गर्नु पर्ने सर्वत्र चर्चा चलिरहेको अवस्थामा सोमवारबाट आफ्नो ग्राहकलाई प्रमोसनल अफर’ अन्र्तगत विशेष छुट दिएको छ । टेलिकमले प्रमोसनल अफर’ अन्र्तगत ग्राहकहरुलाइ जिएसएम÷सिडिएमए तथा एडिएसएल÷एफटिटिएच सेवाका ग्राहकका लागि ‘ दिएको उक्त छुट ९० दिनसम्म उपलब्ध गराइने जनाएको छ ।

Untitled-1-20टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार एक एमबिपिएससम्म गतिको एडिएसएल इन्टरनेट करसहित मासिक १ हजार १७ मा एडिएसएल सेवा उपलब्ध गराइने प्रस्तुत त्यसैगरी भोल्युम बेस्ड एडिएसएल सेवा अन्र्तगत यसअघि पहिला २१ जिबी डाटाका लागि रु एक हजार ९८० शुल्क लिदै आएको टेलिकमले अब १५ जिबी डाटा रु ३०० त्यस्तै २५ जिबी डाटाको रु ५०० र ४० जिबीको डाटाको मूल्य रु ७०० मै उपलब्ध हुने गराउँने भएको छ ।  त्यस्तै दर्ता शुल्क पनि घटाएको टेलिकमले पहिले दर्ता शुल्क करबाहेक रु ५०० भएकामा अब भोल्युम बेस्ड डाटाका लागि करबाहेक रु ३०० र अनलिमिटेड डाटाका लागि रु २०० मात्र दर्ता शुल्क तोकिएको टेलिकमले जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा १० एमबिपिएस गतिको एफटिटिएच प्याकेजअन्तर्गत तीन महिनाका लागि २४० जिबी, छ महिनाका लागि ५०० जिबी र १२ महिनाका लागि एक हजार २०० जिबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबिपिएस गतिको प्याकेजअन्तर्गत १२ महिनाका लागि एक हजार २०० जिबी डाटा प्रयोग गर्न पाउँनुको अलावा विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने र जिएसएम÷सिडिएमए प्रिपेड र पोस्टपेडका ग्राहकले एक सातामा सात मिनेट वा त्योभन्दा बढी कल रिसिभ गर्दा टेलिकमको नेटवर्कभित्र सात मिनेट भ्वाइस कल गर्न र सातवटा एसएमएस निःशुल्क पठाउन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।