मङ्लबार, बैशाख १८, २०८१

बिनाअवरोध समाचार संकलनको वातावरण निर्माण गर्न माग

काठमाडौ आषाढ १९, नेपाल पत्रकार महासंघले जनता टेलिभिजनका सञ्चाकर्मीद्दयलाइ समाचार संकलनका लागि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा FNJ-nepal-about-janata-tvछिर्न नदिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघकी सचिव संगीता खड्काद्दारा जारी विज्ञप्तिमा उल्लेख  गरिएको घटना विवरण अनुसार कीर्तिपुर मैदानमा जारी एसियन प्रिमियर लीगको समाचार संकलन गर्न सोमबार पुगेका जनता टिभीका पत्रकार मदन ढुंगाना र सुमन चापागाईँलाई आयोजक एसियन क्रिकेट फेडरेसनले प्रसारित समाचारको प्रसंगलाई लिएर नियोजित रुपमै समाचार संकलनमा रोक लगाउँदै जनताको सुसूचित हुने अधिकारको उपेक्षा मात्र नभएर आफैँमा खेदजनक व्यवाहार प्रदर्शन गरेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा महासंघले  जनताको सुसूचित हुने अधिकारको सम्मान गर्न र बिनाअवरोध समाचार संकलनको वातावरण निर्माण गर्न सम्बन्धित पक्षसँग माग गरिएको छ ।