शनिबार, बैशाख ८, २०८१

निर्वाचनको समाचार सङ्कलनका लागि सूचना विभागको पास

काठमाडौ आषाढ १२, निर्वाचन आयोगले आगामी बुधवार हुँने स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्र्तगत प्रदेश १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ PressRelease20740312स्थानीय तहमा हुने निर्वाचनको समाचार संकलनका लागि पुगेका पत्रकार र स्थानीय पत्रकारशरुले सूचना विभागबाट जारी पत्रकार परिचय पत्रबाटै निर्वाचनको समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माद्दारा जारी विज्ञप्तिमा निर्वाचनको समाचार संकलनका लायि छुटटै प्रेस पासको व्यवस्था नगरेको जनाउँनुको अलावा मतदान र मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा सम्बन्धित केन्द्रको समाचार सङ्कलन, छायाङ्कन र तस्बिर लिन सकिने व्यवस्था मिलाएको उल्लेख गरिएको छ ।