बिहिबार, चैत्र १५, २०८०

दोषीलाइ कारवाही गर्न माग

काठमाडौं आषाढ २०, नेपाल प्रेस युनियनले युनियन वाजुराका सदस्य तथा रेडियो पौरखीका समाचारदाता देवेन्द्र नाथको सञ्चार उपकरण लुट्नुको अलावा press-realese-2074-3-20उनिमाथि भौतिक आक्रमण गर्ने अपराधीमाथि कारवाही नभएकोमा दुख व्यक्त गरेको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीद्दारा आज जारी विज्ञप्तिमा छेडेदह गाउँपालिका ७ मा समाचार दाता देवेन्द्र नाथलाइ एमालेका कार्यकर्ताहरुले आक्रमण गरि नगद सहित सञ्चार उपकरण लुटेको घटना भएको ४ दिन वितिसक्दा पनि दोषी उपर कारवाही नभएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा पत्रकार नाथको लुटिएको उपकरण तत्काल फिर्ता गराउन र दोषीको पहिचन हुँदा पनि कारवाही नभएकोमा आपत्ती प्रकट गर्दै युनियनले तत्काल कारवाहीको लागि स्थानिय प्रसासनसँग जोडदार माग गरेको छ ।