मङ्लबार, बैशाख १८, २०८१

वर्षाको कामना गर्दै आज परम्परागत गंगामाईको रथजात्रा मनाइयो

काठमाडौं आषाढ १६, पशुपतिक्षेत्र देवपत्तमा धार्मिक परम्परा अनुसार आज गंगामाईको रथजात्रा सम्पन्न गरिएको छ । रोपाईंका लागि पर्याप्त पानी परोस् भनी Anup_20170630_1 Anup_20170630_2 Anup_20170630_3 Anup_20170630_4 Anup_20170630_5 Anup_20170630_6 Anup_20170630_7 Anup_20170630_8 Anup_20170630_9 Anup_20170630_10कामनाका साथ प्रत्येक वर्ष आषाढशुक्ल सप्तमीका दिन यो जात्रा मनाउँनेगरिन्छ ।

जात्राको क्रममा गंगामाईको मन्दिरबाट मूर्तिलाई ल्याई बज्रघर नजिक्कै रथमा रथारोहण गराइसकेपछि रथ तानेर पञ्चदेवल, राजराजेश्वरी, बनकाली, गौशाला, जयबागेश्वरी लगायत क्षेत्रमा पुर्‍याउँदै पुन सोहि रुटमाबाट रथ फर्काई जयबागेश्वरी, ताहाचा टोल हुंदै पशुतिमन्दिरको मूलढोका, भुवनेश्वरी हुंदै बज्रघरमै पुर्‍याई जात्रा सम्पन्न गर्ने गरिन्छ ।

त्यस्तै जात्रामा राजप्रतिनिधि स्वरुप राजखडग गुरुजुको पल्टन पञ्चेबाजा, धिमेबाजा र नायखीं बाजागाजा सहित मनाइने प्रस्तुत जात्रको मुलत लक्ष्य भनेको पानी माग्नु रहेको जानकारी दिदै जात्राकोसंगै कुनैपनि अवस्थामा पानी पर्ने जनविस्वास रहेको स्थानीयले बताएका छन । ।