बिहिबार, चैत्र १५, २०८०

प्रम देउवासंग आयोग टोलीको परामर्श, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने कार्ययोजना प्रस्तुत

आयोगको सुझाव अनुरुप चाँडै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन आवश्यक कानुन निर्माण तथा ऐन संशोधनको प्रक्रिया पूरा गर्छु : प्रम

 काठमाडौ आषाढ १६,  प्रधानमन्त्री शेरबहादुर देउवासंगको भेटमा निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादव नेतृत्वको पदाधिकारीले प्रदेशसभाको निर्वाचन आगामी आश्विनको  अन्तिम साता र प्रतिनिधिसभाको निर्वाचन मङ्सिरको पहिलो साता गर्दा वातावरण सहज हुने कार्ययोजना प्रस्तुत गरेका छन ।  स्थानीय तहको दोस्रो चरणको निर्वाचन सकिए लगत्तै आज भएको भेटमा आयोग टोलीले प्रम देउवालाइ आज नेपालको संविधानअनुसार आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचन गर्नुपर्ने भएका कारण आयोगले आगामी कात्तिक दोस्रो हप्तामा राष्ट्रियसभाको निर्वाचन गर्ने तयारी सुरु Captureगरेको जानकारी गराउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

साथै आयोग टोलीले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आवश्यक कानुन आषाढ मसान्तसम्ममा पारित गरिसक्नु त्यस्तै प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणका लागि साउन १५ गतेसम्म आवश्यक कार्य गरिसक्नुपर्ने सुझाव दिदै आवश्यक कानुन प्राप्त भएपछि आयोग आश्विन अन्तिम साता प्रदेशसभाको र मङ्सिर पहिलो साता प्रतिनिधिसभाको निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको जनाउ दिनु भएको उल्लेख गरिएको छ ।

त्यस्तैगरि आयोग पदाधिकारीलाइ प्रधानमन्त्री देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिदै आयोगको सुझाव अनुरुप उहाँले चाँडै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने, आवश्यक कानुन निर्माण गर्ने तथा ऐन संशोधनको प्रक्रिया पूरा गरिने बताउँनु भएको थियो ।
प्रमुख आयुक्त डा यादवको नेतृत्वमा प्रतिनिधीमण्डलमा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह, आयोगका निमित्त सचिव महेश्वर न्यौपाने लगायतकका व्यक्तित्वहरु उपस्थित रहनु भएको थियो ।