मङ्लबार, बैशाख १८, २०८१

काठमाडौका भूकम्प पीडितमध्ये क-कसले पाए गोलाप्रथाबाट ट्याक्सी

taxiकाठमाडौ आषाढ ९,   भूकम्प प्रभावित १४ जिल्लाका बासिन्दालाई गोलाप्रथाबाट एकहजार ५०० थान ट्याक्सी वितरण गरिएको छ । मन्त्रीस्तरीय निर्णयअनुसार भूकम्प प्रभावित १४ जिल्लाका बासिन्दालाई गोलाप्रथाबाट एकहजार ५०० थान ट्याक्सी वितरण गर्ने निर्णय अनुरुप यातायात व्यवस्था विभागले भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्प पीडितलाई गोलाप्रथाबाट एक हजार ५०० ट्याक्सी वितरण गरेको हो ।

विभागका अनुसार ट्याक्सी प्राप्तिका लागि १ लाख ४९ हजार ५सय आवेदन प्राप्त भएकोमा गोलाप्रथामार्फत वितरण गरिएका ट्याक्सीहरूमध्ये आज काठमाडौलाई ९५, ललितपुर ७२, भक्तपुर ४३, मकवानपुर ३१, धादिङ १ सय १७, ओखलढुङ्गा ३०, गोरखा ७८ थान ट्याक्सी वितरण गरेको जनाएको छ ।

यसअघि विभागले काभ्रेपलाञ्चोकलाई २सय १ थान , नुवाकोटलाई १सय२५ र रामेछापलाइ १ सय ६५ दोलखा २ सय १४, सिन्धुलीलाइ ४६ र सिन्धुपाल्चोक २ सय ५३ थान , ओखलढुङ्गालाइ ३० र रसुवालाई ३० थान वितरण गरिएको विभागले जनाएको छ ।