शनिबार, बैशाख ८, २०८१

यत्र तत्र सर्वत्र विरोध भएपछि मोबाइल फोन बाँड्ने निर्णय फिर्ता

काठमाडौ आषाढ ९ काठमाडौ महानगरपालिकाले स्थानीय निकायका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यका लागि मोबाइल फोन बाँड्ने निर्णय तत्काल Captureकार्यान्वयन नगर्ने निर्णय गरेको छ ।  जनप्रतिनिधिलाई मोबाइल फोन बाँड्ने कामपाको प्रस्तुत निर्णयलाइ लिएर यत्र तत्र सवत्र आलोचना सहितको विरोध भएपछि महानगरले तत्काललाइ मोबाइल बाँड्ने निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।  यसअघि बैठकले  जनप्रतिनिधिलाई सहज सञ्चार सुविधा उपलब्ध गराउने भन्दै रु ३०  हजारका दरले रु ३५ लाख बराबरको मोबाइल बाँड्ने निर्णय गरेको थियो ।

यसैवीच मोबाइल फोन खरिद गर्ने निर्णय गलत भएको भन्दै नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीले जनप्रतिनिधीले आफूखुसी सेवा सुविधा बढाउने कार्य बदनियत चरित्रको पराकाष्ठा भएको भन्दै आज साँझ राजधानीमा मोबाइल खरिदका लागि भन्दै चन्दा अभियान समेत सुरु गरेको छ । यतीमात्र नभइ महानगरका प्रत्येक चोक – चोक र सामाजिक सञ्जाल मार्फत महानगरवासीले महानगरको यस कदमको आलोचना गरेपछि नव निर्वाचित कामपा प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो उक्त निर्णय फर्ता गरेका हुन ।