बुधबार, बैशाख १२, २०८१

घुस लिँदै गर्दा राजस्व अधिकृत घिमिरे र कम्प्युटर अधिकृत शाही पक्राउ

Captureकाठमाडौ आषाढ ९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिवार  सेवाग्राहीसँग घुस लिँदै गर्दाको अवस्थामा राजस्व अनुसन्धान अधिकृतलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका मध्यपश्चिमाञ्चल तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय कोहलपुर, बाँकेका अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्दबहादुर शाहीलाइ सेवाग्राहीसँग मूल्य अभिवृद्धि कर तिर्न नपर्ने बनाइदिने भन्दै घुस रकम रु पाँच लाख ७० हजार लिँदै गर्दाको अवस्थामा आयोगले नियन्त्रणमा लिएको हो।  त्यस्तै आयोगले नियन्त्रणमा लिएका दुबै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।