मङ्लबार, बैशाख १८, २०८१

महासङ्घको महाअधिवेशन फेरी सर्यो , अव भाद्र ४ र ५ मा काठमाडौमा हुँने

release 8 asarकाठमाडौ आषाढ ८, अषाढ २२ देखि २३ गते गर्ने निर्णय भएको नेपाल पत्रकार महासङ्घको २५ औँ महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौमा हुने भएको छ ।  आज बसेको महासंघ सचिवालय बैठकले मुलुकको विद्यमान अवस्था र स्थानीय तहको निर्वाचनको स्थितिलाई दृष्टिगत गरी आगामी भदौ ४ र ५ गते महासङ्घको २५ औँ महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 त्यस्तै स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेको सट्टा पहिले असार ९ र पछि असार १४ गतेका लागि निर्धारण गरेका कारण महासङ्घका केन्द्रीय सभासद्समेत रहेका क्रियाशील पत्रकारहरू स्थानीय निर्वाचन र सोको परिणामको समाचार सङ्कलन र सम्प्रेषणमा व्यस्त हुनुपर्ने भएकाले महाधिवेशनमा सहभागी हुन सम्भव नभएकाले महाधिवेशनको मिति सारिएको महासङ्घले जनाएको छ ।