शनिबार, बैशाख ८, २०८१

लोकतान्त्रिक छापामाध्यम, महासंघ महाधिवेशनका लागि रणनीतिक छलफलमा

  पत्रकार आर्चायको संयोजकत्वमा समाजको भक्तपुर शाखा गठन

भक्तपुर आषाढ ८, आसन्न नेपाल पत्रकार महासंघको २५ औ महाधिवेशनलाइ दृष्टिगत गर्दै लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजले आज भक्तपुरमा विशेष IMG_20170622_103826 IMG_20170622_103509 IMG_20170622_092406छलफल कार्यक्रमको आयोजना गरेको छ ।  भक्तपुर र काठमाडौं जिल्लाका क्रियाशील   ४ दर्जन भन्दा बढि सञ्चारकर्मीको  उपस्थित रहेको उक्त छलफलमा  आसन्न महासंघको IMG_20170622_093358महाधिवेशनको पूर्वतयारी अनुरुप सुझाव संकलन गर्दै यसवीचमा अख्तियार गर्नु पर्ने आवश्यक रणनीति समेतको पहिचान गरिएको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष दामोदर प्रसाद दवाडी तथा वरिष्ठ उपाध्यक्ष रमेश विष्ठले भक्तपुर पत्रकार महासंघमा निर्वाचित समाज आवद्ध कार्यसमितिका अध्यक्ष पुष्कर बुढाथोकी लगायतका पदाधिकारी तथा सदस्यहरुलाइ सम्मान गर्नु भएको थियो ।

त्यस्तै प्रस्तुत कार्यक्रमपछि  समाजले क्रियाशील पत्रकार तथा भक्तपुर पत्रकार महासंघका केन्द्रीय पार्षद पेशल आर्चायको संयोजकत्वमा समाजको भक्तपुर शाखा समेत गठन गरिएको थियो ।