शुक्रबार, बैशाख १४, २०८१

शिक्षा पत्रकारिता पुरस्कार लागि आवेदन आह्वान

काठमाडौं आषाढ ११, नेपाल पत्रकार महासंघले शिक्षा विभागको सहकार्यमा विगतका वर्षझै यस वर्ष पनि शिक्षासम्बन्धी विभिन्न पुरस्कारका राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार लागि आवेदन आह्वान गरेको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारमा सहभागी हुने पत्रकारले शिक्षा release 11 asar shiksha puraskarपत्रकारितामा पु-याएको योगदानसहितको व्यक्तिगत विवरण र २०७३ बैशाख १ गते देखि २०७३ चैत्र मसान्तसम्मका कुनै पनि सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित/प्रसारित ५ वटा सामग्री पेश गर्नुपर्ने महासंघले जनाउँदै यस्तो आव्हान गरेको हो ।

त्यसैगरी काठमाडौं उपत्यकालाई १ प्रदेश मानी ७ प्रदेशसहित १-१ जनाका दरले ८ वटा प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ भने आठै प्रदेशबाट २-२ जनाका दरले १६ जनालाई शैक्षिक लेखनवृत्ति प्रदान गरिने र यसको लागि गत बैशाख १ गते देखि २०७३ चैत्र मसान्तसम्मका कुनै पनि सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित/प्रसारित ५ वटा सामग्रीसहित चाहेको पुरस्कार किटान गरी पेश गर्नुपर्ने जारी विज्ञप्तिमा उल्ल्ेख गरिएको छ ।

साथै विज्ञप्तिमा टेलिभिजन र राष्ट्रिय दैनिक पत्रिकामध्येबाट एक राष्ट्रिय दैनिक र ७ प्रदेश र उपत्यका एक प्रदेश गरी ८ वटा एफ एम रेडियोलाई संस्थागत पुरस्कार प्रदान गरिने उल्लेख गर्दै यसै वर्षदेखि अनलाइन सञ्चारमाध्यमलाई पनि संस्थागत शिक्षा पत्रकारिता पुरस्कारमा सहभागी गराइने भएकोले अनलाइन माध्यमबाट २०७३ बैशाख १ गते देखि २०७३ चैत्र मसान्तसम्म शिक्षासम्वन्धी प्रकाशित/प्रसारित समाग्रीको मूल्याड्कन गरी एउटा अनलाइनलाई संस्थागत शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।