मङ्लबार, बैशाख १८, २०८१

प्रधानन्यायाधीश कार्की सेवानिवृत्त

काठमाडौ ज्येष्ठ २३,  सवोच्चका पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की उमेर हदका कारण आजदेखि सेवानिवृत्त हुनुभएको छ । प्रन्या कार्की ६५ वर्षका कारण अर्थात उमेर हद सेवानिवृत्त हुनुभएको हो । प्रन्या कार्कीको सेवानिवृत्ती संगै   बुधबारबाट कामु प्रधानन्यायाधीशका रुपमा गोपाल पराजुलीले कार्यभार Captureसम्हाल्नु हुने भएको छ ।

यसअघि प्रहरी महानिरीक्षक बढुवा निर्णयमा सरकारको कार्यकारी अधिकारमा हस्तक्षेप गरेको, दुई नम्बरका नवराज सिलवाललाई एक नम्बर र एक नम्बरका प्रकाश अर्याललाई दुई नम्बरमा राखेको, अदालतमा गुटबन्दी गरेको, आफूले भनेजस्तो आदेश र फैसला गर्न अन्य न्यायाधीशलाई निर्देशन दिएको लगायतका आरोपसहित सत्तासीन कांग्रेस र माओवादी केन्द्रका २ सय सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका २४९ जना संसद सदस्यहरूले उहाँविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।

तर पछि संसद्‌मा दर्ता भएको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि काँग्रेस सांसद मीनबहादुर विश्वकर्मा प्रस्तावक र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेत समर्थक रहेको प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संविधान कार्यान्वयनको संवेदनशिल घडीमा संविधान बमोजिम स्थापित राज्यका अंगहरुले संविधानको उद्देश्य अनुरुप काम गर्नु पर्ने बृहत्तर आवश्यकतालाई ध्यानमा राख्दै संम्बैधानिक अंगहरुको वीचमा सौहार्दता,सकारात्मक सहयोग र समझदारीको अपेक्षा गर्दै सम्माननीय प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोगको प्रस्ताव फिर्ता गरिएको थियो ।