शनिबार, बैशाख ८, २०८१

भरतपुर १९ मा पुनः मतदानका लागि आयोगले दिएको निर्देशन यथास्थितिमा राख्न सवोच्चको आदेश

काठमाडौ ज्येष्ठ २२ भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्न निर्वाचन आयोगले दिएको निर्देशन विरुद्ध सर्वोच्च अदालतमा दायर रिटको Court_20150619042154सुनवाइ गर्दै न्यायाधीस चोलेन्द्र शम्शेरको एकल इजलासले  यथास्थितिमा राख्न आदेश दिँदै अन्तरिम छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

ज्येष्ठ १४ गते मध्यरातमा मतगणना जारी रहेकै बेला एमाले र माओवादी प्रतिनिधिबीच भएको विवाद पश्चात ९० मतपत्र च्याएतिएको थियो।  मतपत्र च्यातेको विषयमा एमाले र माओवादीबीच आरोप प्रत्यारोप चल्दै आएको छ।

त्यसपछि स्थगित भएको १९ नम्बर वडाको मतगणनालाई रद्ध गर्दै निर्वाचन आयोगले शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनलाई सो वडामा पुनःमतदान गर्न निर्देशन दिएपछि उक्त निर्देशनको विरुद्धमा आइतबार रिट निवेदन दर्ता भएको थियो।