काठमाडौं चैत्र २५, नेपाल पत्रकार महासघ झापा शाखा अन्तर्गत पत्रकार साहारा उपचार कोषले सदस्यता ग्रहणका लागि महासघ आवद्ध सवै झापाली पत्रकारहरुलाई आव्हान गरेको छ । कोषले निर्धारण गरको न्यु्नतम सदस्यता शुल्क वुझाएर उपचार कोषको सदस्यता लिन पत्रकार महासघ झापामा आवद्ध सवै पत्रकार लाई आव्हान गरिएको हो । उपचार कोषका संयोजक एकराज गिरीको अध्यक्षतामा बसेको बैठकले नेपाल पत्रकार महासंघका सहसचिव समेत रहेका कोषका सदस्य केशव भट्टराईलाई सदस्य सचिवको जिम्वेबारी प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै वैठकले कोषको रकम वृद्धीका लागि संभाव्यता अध्ययन गर्ने र आवस्यक पत्रचार गर्ने निर्णय गरेको कोषका सदस्य विनोद सापकोटाले बताउनु भयो ।
पत्रकार महासंघ झापा शाखाले यसै वर्ष स्थापना गरको पत्रकार साहारा उपचार कोषमा हाल सम्म ९ लाख रुपैयाँ जम्मा भईसकेको छ । झापाका पत्रकारलाई घाईते अर्थात विरामि भएका वखत उपचारमा सहयोग गर्ने उद्धेस्यले पत्रकार महासंघ झापाले यो कोषको स्थापना गरको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ । त्यस्तै समाचारमा कोषको रकम अभिवृद्धीका लागि सवै संचारकर्मि व्यवसायी, सामाजिक संघ संस्था एवं व्यवसायिक प्रतिष्ठानलाइ समेत आव्हान गर्ने वैठकले निर्णय गरको छ ।