बुधबार, बैशाख १२, २०८१

महासंघको २५औं महाधिवेशन जेठ २० गते काठमाडौंमा हुँने

प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन, आगामी वैशाख ७ गतेभित्र अधिवेशन सम्पन्न हुन नसकेका शाखाले २५औं महाधिवेशनमा सहभागी हुन नपाउँने बैठकको निर्णय

काठमाडौं चैत्र २१ , नेपाल पत्रकार महासंघको १२औं पूर्ण बैठक नगरकोटमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा सम्पन्न उक्त बैठकले प्रत्येक तेस्रो वर्षको मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले आफ्नो महाधिवेशन आयोजना गर्ने गरेको र यो वर्ष पनि सोही मितिमा महाधिवेशन गर्ने तयारी गरिरहेको अवस्थामा २०७४ बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएकाले महासंघको २५औं महाधिवेशन ‘व्यवसायिक पत्रकारिताको FNJ 12 th meeting press release 21 chaitraआधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नारा सहित आगामी जेठ २० गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले महासचिव उजिर मगरको सांगठनिक कार्य प्रगति र कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै मुलुकको समसामयिक परिस्थिति र महासंघका सांगठनिक विषय, नयाँ सदस्यता तथा नवीकरण एबं पत्रकारका पेशागत तथा व्यावसायिक विषयमा विभिन्न ८ बुँदे निर्णय महत्वपूर्ण निर्णयहरू गरेको छ ।

त्यस्तै आज जारी विज्ञप्तिमा बैठकले आसन्न  महाधिवेशन सफल पार्न अध्यक्ष डा. विष्टको अध्यक्षतामा कार्यसमिति पदाधिकारी तथा सदस्य, लेखासमिति संयोजक तथा सदस्य, सल्लाहकार, पूर्व अध्यक्ष, वरिष्ठ पत्रकार, सञ्चारसम्बद्ध संघ/संस्थाका प्रतिनिधिसहित १ सय १ सदस्यीय मूल व्यवस्थापन तयारी समिति गठन गरेको छ भने उपाध्यक्ष खिलबहादुर भण्डारीको संयोजकत्वमा आवास, उपाध्यक्ष अनिता बिन्दुको संयोजकत्वमा भोजन, महासचिव उजिर मगरको संयोजकत्वमा प्रचार÷प्रसार, सचिव प्रभात चलाउनेको संयोजकत्वमा स्मारिका प्रकाशन, सचिव संगिता खड्काको संयोजकत्वमा स्वागत, सचिव ध्रुब लम्सालको संयोजकत्वमा स्वयंसेवक, कोषाध्यक्ष सूर्यमणि गौतमको संयोजकत्वमा आर्थिक स्रोत परिचालन, सदस्य प्रकाश तिम्लिसिनाको संयोजकत्वमा मञ्च व्यवस्थापन, सदस्य ईश्वरी वाग्लेको संयोजकत्वमा यातायात, रामहरि सिलवालको संयोजकतत्वमा प्रतिनिधि सामग्री व्यस्थापन, सदस्य रोशन पुरीको संयोजकत्वमा स्वास्थ्य लगायतका उपसमितिहरू पनि गठन गरेको छ ।

 नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनको निर्वाचन प्रक्रिया सञ्चालन गर्न प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा ५ सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन  गर्नुको  अलावा   इलाम र पाँचथर शाखाको विवादलाई स्थलगत भ्रमणसमेत गरेर सहमतिमा टुंग्याउन र ताप्लेजुङको गुनासो पनि सुनुवाई गर्न क्षेत्रीय संयोजक र सहसंयोजकसहित तीन सदस्यीय समितिलाई जिम्मेवारी सुम्पिएको छ । अन्य क्षेत्रमा रहेका विवादको समाधान एवं अधिवेशन सम्पन्न गराउन समन्वय र पहल गर्ने जिम्मेवारी पनि सम्बद्ध क्षेत्रीय संयोजक र सहसंयोजकलाई सुम्पिएको छ भने महासंघका केही जिल्ला शाखाहरूमा सदस्यतालगायतका विषयमा गुनासो गरी शाखा कार्यालयहरुमा ताला लगाइएकोप्रति बैठकको गम्भिर ध्यानाकर्षण भएको  जनाउँदै    स्थानीय तहको निर्वाचनलगायतको संवेदनशील अवस्थामा प्रेस स्वतन्त्रताको उपभोग र पत्रकार सुरक्षामा पर्नसक्ने जोखिमको ख्याल गरी तत्काल संवाद प्रारम्भ गरी यो निर्णय सार्वजनिक भएको २४ घन्टाभित्र ताला खोल्न बैठकले आव्हान गरेको छ ।  ताला नखोलिएमा ताला खोली शाखाका काम कारवाही कार्यालयभित्रबाटै सुचारु गर्न सम्बन्धित शाखा कार्यसमितिलाई बैठकले निर्देश दिईएको छ ।

  साथै अधिवेशन सम्पन्न हुन बाँकी शाखा तथा एशोसियट संस्थाहरूको अधिवेशन तत्काल गर्न र अधिवेशन सम्पन्न भई प्रतिवेदन प्राप्त हुन बाँकी रहेका शाखा एशोसियट संस्थाहरूलाई तत्काल प्रतिवेदन पठाउन   आह्वान  गर्दै   आगामी वैशाख ७ गतेभित्र अधिवेशन सम्पन्न हुन नसकेका शाखाले २५औं महाधिवेशनमा सहभागी हुन नसक्ने बैठकले निर्णय गरेकोले समयसीमा भित्रै सहज ढंगबाट बाँकी अधिवेशन सम्पन्न गरी प्रतिवेदन पठाउन वैठकले सम्बद्ध शाखा/एशोसियट संस्थाहरूलाई आग्रह गरेको छ ।