शुक्रबार, बैशाख १४, २०८१

घटना अभिलेखीकरण गर्न अनलाइन डाटाबेस प्रणाली सार्वजनिक

काठमाडौं चैत्र २५,  नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता हननका घटना अभिलेखीकरणका लागि युरोपेली सङ्घको सहयोग र इन्टरनेसनल अलर्टको सहकार्यमा सञ्चालन गरिरहेको अभिव्यक्ति स्वतन्त्रता : नेपालमा मिडियाको अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धन कार्यक्रमअन्तर्गत निर्माण गरिएको अनलाइन डाटाबेस 17629621_10212410227549171_3806049129689382498_nप्रणाली आजबाट सार्वजनिक गरेको छ ।  ललितपुरमा आज आयोजित एक कार्यक्रमकावीच राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले डाटावेस सिस्टम सार्वजनिक गर्दै पत्रकारको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने बताउँनु भएको छ । साथै उहाँले सम्बोधनको क्रममा आयोग पत्रकारको सुरक्षा र दण्डहीनताको अन्त्य गर्न निकै संवेदनशील भएर लागेको जनाउ दिनु भएको थियो ।

महासंघले  अभिलेखिकरणका सन्दर्भमा विसं ०७१ मा सबै सहभागीतामा मापदण्ड तयार गरी सोही अनुसार अभिलेखिकरण गर्दै आइरहेको छ । त्यसलाई अझ परिमार्जन गर्दै सूचना प्रविधिको उच्चतम प्रयोग गरी महासंघका सदस्य, सम्पूर्ण सरोकारवाला तथा आम मानिसलाई सजिलै सूचना उपलब्ध गराउने उद्देश्यले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेखिकरण तथा सूचना सम्प्रेषणका लागि अनलाईन डाटाबेस तयार गरेको हो ।

त्यस्तै कार्यक्रममा महासङ्घ अध्यक्ष डा महेन्द्र विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा पेसागत सुरक्षा महासङ्घको प्रमुख प्राथमिकता रहेको भन्दै यसका लागि महासङ्घले निरन्तर काम गरिरहेको बताउनुभएको थियो भने सूचना प्रविधिको उच्चतम् प्रयोग गरी महासङ्घका सदस्य, सम्पूर्ण सरोकारवाला तथा आम नागरिकलाई सजिलै सूचना उपलब्ध गराउने उद्देश्यले प्रेस स्वतन्त्रता हननका घटनाको अभिलेखीकरण तथा सूचना सम्प्रेषणका लागि अनलाइन डाटाबेस तयार पारिएको महासङ्घका महासचिव उजिर मगरले जानकारी दिनु भएको थियो ।   त्यसैगरी युरोपियन युनियनका हेड अफ कोअपरेशन एन्ड्रियस रोइटगरले राजनीतिक दल, सुरक्षा, सरकारी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज लगायतका सबै पक्षहरुको सहकार्यले मात्र पत्रकारहरुको सुरक्षा सुनिश्चित हुन सक्ने र यसले आपसी सद्भाव र सहकार्यलाई पनि बढाउने  विभार अभिव्यक्त गर्दै    उच्च प्रविधि प्रयोग गरी निर्माण गरिएको यो डाटावेशले प्रेस स्वतन्त्रता हननका  घटनालाई अनुगमन गर्न, विश्लेषण गर्न र त्यसलाई न्यूनिकरणका लागि महत्वपूर्ण काम गर्ने आशा गरिएको  जनाउ दिनु भएको  थियो ।