शुक्रबार, चैत्र १६, २०८०

आमरण अनशनरत पत्रकार विद्रोहीको स्वास्थ्य अवस्था दिनानुदिन गम्भीर

काठमाडौ चैत्र २९ , नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा महासंघ काठमाडौं शाखाकी केन्द्रीय पार्षद भावना विद्रोही विगत ६ दिन देखि आमरण अनसनमा बस्दै आएकी छिन ।  महासंघले विधि, विधान र प्रक्रिया विपरित राजनीतिक भागबन्डाका आधारमा गर्दै आएको सदस्यता वितरणको खारेजी एवम केन्द्रीय प्रतिनीधी चयनमा प्रत्यक्ष निर्वाचनको मागका साथै लामो समयदेखि पत्रकारितामा निस्क्रिय रहेका, राजनीतिक कार्यकर्ता, सरकारी कर्मचारी र अन्य पेशामा संलग्न IMG_20170411_142007महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अभियान तत्काल सुरु गर्नु पर्ने लगायतका माग गर्दै पत्रकार विद्रोहीले महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरेको हो ।

अनसन बसेका पत्रकार विद्रोहीको स्वास्थ्य अवस्था दिनानुदिन गम्भीर बन्दै गइरहेको अवस्थाप्रति पत्रकार महासंघ बेखबर बस्नु आफैमा आश्चर्यको विषय भएको अनसनस्थलमा एकेवद्धता जनाउन पुगेका विद्रोहीका शुभचिन्तकहरुले हाम्रा सहकर्मीसंग गुनासो गर्दै उनले उठान गरेको माग आफैमा सकारात्मक रहेको जनाउ दिएका छन ।