काठमाडौं चैत्र २४, काठमाडौंका तण्डुकार समाजको एक खलकले बुधवार स्वयम्भु महाचैत्यमा फर्किवाता पूजाको आयोजना गरेका छन । फर्किवाता पूजा अर्थात स्वयम्भू ज्योतिर्लिङ्गको गर्भमा रहेको मणिको पूजा भएको समाजका सदस्य श्याम बहादुर तण्डुकारले जानकारी दिनु भएको छ ।
त्यस्तै पूजाको मुख्य आकर्षण भनेको स्वयम्भू महाचैत्यको टुप्पोबाट चतामरी (चामलको पिठोबाट बनेको एक रोटी) दर्शनार्थीलाई प्रसाद स्वरुप वितरण गर्ने रहेको छ । यसक्रममा तण्डुकार समाजका १६ जना गुथियारहरुले २५/२५ वटाका दरले पालैपालो स्वयम्भू महाचैत्यको टुप्पोबाट चतामरी बर्षाएका थिए ।