शुक्रबार, चैत्र १६, २०८०

अवहेलना मुद्दामा देउवाको नाममा कारण देखाउन आदेश

काठमाडौ चैत्र २४ , अधिवक्ता हरिप्रसाद मैनालीले गत चैत्र २० गते मुद्दामा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिका विषयमा सर्वोच्च अदालतले गरेको फैसला Court_20150619042154आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै नेपाली काँग्रेसका सभापति देउवाविरुद्ध दायर रिटको सुनवाइ गर्दै सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा कारण देखाऊ आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज काँग्रेसका सभापति देउवालाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा १० दिनभित्र अदालतको अवहेलनासम्बन्धी अभिव्यक्ति दिएको हो सोे खुलाई लिखित जवाफसहित उपस्थित हुन भन्दै यस्तो आदेश दिएको हो ।  अधिवक्ता मैनालद्दारा दायर उक्त रिटमा सभापति देउवाको उक्त अभिव्यक्तिबाट जनमानसमा अदातलको कार्य र अदालतप्रतिको विश्वसनियता कमजोर बनाएको जिकिर गरिएको छ ।