मङ्लबार, बैशाख १८, २०८१

मानवताको नातामा पूर्वपत्नीलाइ ११ लाख रुपैयाँ सहयोग

काठमाडौ चैत २२,  बहुचर्चित ‘कञ्चन शर्मा भर्सेस मोहन रेग्मी’ प्रकरण अन्र्तगत पाँच वर्ष अघि नै सम्बन्ध विच्छेद भइसकेको भए पनि कञ्चनका पूर्वपति मोहन 17757581_10206718394117619_6384916361130394935_n17690386_10211250586073763_450570924_nरेग्मीले ‘मानवताको नाता’ भन्दै ११ लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।

राजधानीको घट्टेकुलोस्थित पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार मञ्चको कार्यकक्षमा मञ्चका पदाधिकारी , पत्रकार तथा भद्रजनहरुको उपस्थितीमा एक कार्यक्रमको आयोजना गर्दै रेग्मीले उक्त रकम कञ्चनले पाउने गरी उनकी आमा छत्रछायाँ न्यौपानेलाई हस्तान्तरण गर्नु भएको हो ।

प्रस्तुत रकम हस्तान्तरण कार्यका लागि अधिवक्ता कमला ओली, मञ्चका अध्यक्ष युवराज विद्रोही, महासचिव विमल कुमार थापा, कञ्चनका मामा फूपू नाताबाट दाइ मोहन चापागाई लगायतले ३ पटकको सक्रिय प्रयासमा हस्तान्तरण गरिएको हो ।