बुधबार, बैशाख १९, २०८१

जीप दुर्घटनामा मृतकको संख्या ७ पुग्यो

काठमाडौ फागुन ४, डडेल्धुरामा आज भएको से १ ज ८३३ नम्बरको जीप दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, डडेलधुराले जनाएको छ। मध्यान्न १२ बजे भएको दुर्घटनामा परि ५ जनाको घटनास्थलमा नै र गम्भिर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको Captureप्रहरीले जनाएको छ। त्यस्तै  घाइते ५ जनाको उपचारको लागि सदरमुकामतर्फ लगिएको पनि प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा भागेश्वर–४ का गणेश सार्की, भागेश्वर–८ का जयानन्द भट्ट र उहाँका छोरा लक्ष्मण भट्ट, कामदेव चटौत र नरपति पाण्डेको घटनास्थलमै र दिवाकर पाण्डेय र पदमबहादुर मल्लको उपचारका क्रममा निधन भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएको जिप्रका डडेल्धुरालाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031