शुक्रबार, बैशाख ७, २०८१

योल्मो गुम्बाको आयोजनामा तिन दिने बुद्धका दर्शन देशना

काठमाडौ फागुन ११  योल्मो,सिन्धुपल्चोक। योल्मो कान्यिङ शेडुप लिङ गुम्बाको आयोजनामा तिन दिने बुद्धका शिक्षा देशना कार्यक्रम परम पुज्य क्याब्ज्ये छयोकी 16880695_10210884324877462_1043010707_o 16900209_10210884325037466_1565387195_nञ्यिमा रिन्पोछे ज्यूको आतिथ्यमा सम्पन्न भएको छ । गत साल गएको माहबिनाशकारी भुकम्पमा परी निधन भएका सम्पुर्ण प्राणिहरुको आत्माको चीर शान्ति र जीबित सम्पुर्ण प्राणीको सुख समृद्धिको कामना गर्दै फाल्गुन १ देखी ३ गते सम्म सिन्धुपाल्चोकको बाँसखर्कमा पुजा आयोजना गरेको हो ।

नम्खा दोर्जे श्याङ्पाको संयोजगत्व रहेको कार्यक्रममा विशेष अतिथि नेपाल सरकार बौद्धा दर्शन प्रबद्र्धन तथा गुम्बा बिकास समितिको अध्यक्ष कर्म लेग्श्ये लामा नेपाल सरकार बौद्धा दर्शन प्रबद्र्धन तथा गुम्बा बिकास समितिको पूर्व अध्यक्ष निमा दोर्जे योल्मोपा, प्राध्यापक रमेश ढुङ्गेल, सुरक्षा निकायअन्य धर्म गुरुलगायतका बाँसबारी गाविस वडा न.७,८ र ९का स्थानियको उल्लेखनीय सहभागिता रहेको थियो ।

बौद्ध धर्म संरक्षण र प्रबद्र्धनका लागि बुद्धका सिदान्त र शिक्षा देशना कार्यक्रमले धर्मीक अस्तित्त्व कायम गर्नमा थप जोड मिलेको धर्म गुरु क्याब्ज्ये छयोकी ञ्यिमा रिन्पोछे ज्युले आफ्ना प्रवचनका क्रममा व्यक्त गर्दै पुजामा उपस्थित सबै दार्शनार्थिहरुलाइ आयु अभिषेक (छेवाङ) प्रदान गर्नुभएको थियो । योल्मो कान्यिङ शेडुप लिङ गुम्बा गत सालको भूकम्पले पूर्ण रूपमा क्षति पुर्याएको छ। पुजामा संकलित सम्पूर्ण चंदा सोही गुम्बा निर्माणमा खर्च गरिने गुम्बाका प्रमुख लामा अचार्य दावा साङबो योल्मोपाले जानकारी दिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031